असार ११, काठमाडौं । विगत २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको अनुसार उक्त अवधिमा सो संख्याका संक्रमित थपिएका हुन्।
यो दिन कुल १४ हजार ३५१ जनाको नमूना परीक्षण गरिएको थियो। ९ हजार ५८६ ओटा नमूना परीक्षण गर्दा १ हजार ७२१ जना र ४ हजार ७६५ ओटा नमूना परीक्षण गर्दा ७५५ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५ हजार ४५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । उक्त अवधिमा थप २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ।
योसहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको छ।
विगत २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४२७ जना काठमाडौं उपत्यकाका रहेका छन् । जसमध्ये काठमाडौं जिल्लाका ३०८ जना, ललितपुर जिल्लाका ७६ जना र भक्तपुर जिल्लाका ४३ जना रहेका छन् ।