यस्तो छ विश्वकपको नकआउट चरणको समीकरण

कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह चरणका अन्तिम खेलहरुसँगै नकआउट चरणको समिकरण पूरा भएको हो ।अन्तिम चार खेलमा ब्राजिल क्यामरुनसँग पराजित हुँदा सर्बियामाथि स्वीजरल्यान्डले जित निकालेको थियो । त्यस्तै पोर्चुगल दक्षिण कोरियासँग हार्दा उरुग्वेले घानामाथि जित निकालेको थियो ।अन्तिम १६ मा हरेक समूहको शीर्ष दुई टोलीहरुले नकआउट चरणमा स्थान बनाएका छन् । कतार विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता अन्तिम १६ मा प्रवेश ग