संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ मा हालसम्म गरिएका प्रतिबद्धताले सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जनमा कमी गर्न आवश्यक पर्ने कार्यमा ३० प्रतिशतले मात्र कमी ल्याउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईइएले आइतबार जनाएको छ।“जिवाश्म इन्धन क्षेत्रको कारण हरितगृह ग्यास उत्सर्जनको सामना गर्न यी प्रतिज्ञाहरू सकारात्मक कदमहरू भए तापनि ती विश्वलाई विशेष गरी विश्वव्यापी तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित गर्ने जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी अन्तर्राष