अछाममा सडक र पुल निमार्णको लागि प्रदेश सरकारबाट ७४ करोड बजेट

सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९÷८० मा ७४ करोड बजेट विनियोजन गरेको छ ।अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्कि पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउन बजेट विनियोजन गरेको हो ।जयगढ–माझेठाना– रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुट्याएको पूर्वाधार विकास कार्यालय अछा

सम्बन्धित सामग्री

सडक विभागको हेलचेक्य्राइँः मोटर गुड्ने पुल बनाउन दुई लाख

सडक विभागले चालु आर्थिक वर्षको बजेट निर्माणमा खेलाँची गरेको छ । मोटर गुड्ने पुलका लागि पनि दुई लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।...

सडक विभागको हेलचेक्य्राइँः मोटर गुड्ने पुल बनाउन दुई लाख

सडक विभागले चालु आर्थिक वर्षको बजेट निर्माणमा खेलाँची गरेको छ । मोटर गुड्ने पुलका लागि पनि दुई लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।...

हेटौँडामा हुँदै नभएको वडामा प्रदेश सरकारको बजेट

हेटौँडाको हुँदै नभएको वडामा सडक पुल निर्माणका लागि बजेट विनियोजन गरेको भेटिएको छ ।

तीनवटा पुल बनाउन साढे १२ करोड बजेट

म्याग्दी – म्याग्दीमा तीनवटा पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु १२ करोड ५५ लाख बजेट व्यवस्थापन भएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत चालु आर्थिक वर्षमै ठेक्का प्रक्रिया सुरु गर्ने गरी दुईवटा सडक र एक झोलुङ्गे पुल बनाउन बजेटको स्रोत सुनिश्चिता भएको हो। कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले मालिका गाउँपालिकाको […]

अछाममा सडक र पुल निमार्णको लागि ७४ करोड बजेट

अछाम- सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन गरेको छ । अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्की पुल निर्माण, सडकको […]

मुग्लिन–नारायणगढ सडक : बजेट अभावले पुल निर्माणमा ढिलाइ

चितवन । निर्माणाधीन मुग्लिन–नारायणगढ सडक खण्डका पुलका लागि बजेट अभाव भएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर कृष्ण आचार्यले आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको बताए । मुग्लिन नारायणगढ सडकलाई तीन वर्षअघि विस्तार गरिएसँगै पुल पनि फराकिलो बनाउने काम शुरू भएको दुई वर्ष पनि बितिसक्यो । सो सडकखण्डमा १९ ओटा पुल छन् । तीमध्ये चारओटा पुल निर्माण सडकसँगै सकिसकेको छ । बाँकी १५ ओटा पुल निर्माणका लागि २०७६ चैतमा ३३ महिनामा निर्माण सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।      सम्झौताको अवधि २०७९ मङ्सिरसम्म रहेको छ । सबै पुलको भौतिक प्रगति औसत ५० प्रतिशत रहेको इञ्जिनीयर आचार्यले बताए । आठ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अब ती पुललाई सडकसँग जोड्न मात्र बाँकी छ । सडकसँग जोड्न घर टहरा भत्काउनुपर्ने हुन्छ । इञ्जिनीयर आचार्यले घरटहरा भत्काउन र मुआब्जा वितरणका लागि बजेट अभाव भएको बताए । उनका अनुसार पुल सञ्चालनका लागि सो खण्डका २० भन्दा बढी घरटहरा भत्काउनुपर्छ । मुआब्जा वितरणका लागि करिब एक करोड १० लाख आवश्यक पर्ने अनुमान गरी अर्थ मन्त्रालयमा पत्र पठाइएको उनको भनाइ छ । मुग्लिन नारायणगढ सडकमा ठेक्का लागिसकेका १५ ओटा पुलमध्ये तीओटा पुलको काम अझै शुरू भएको छैन । दुईओटा पुल निर्माण भौगोलिक हिसाबले कठिन देखिएको आचार्यले बताए । मुग्लिन नजिक रहेका तुइन खोला र चिसेन्जी खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्था जटिल रहेको र कसरी गर्ने भन्नेबारे अध्ययन जारी रहेको उनको भनाइ छ । निर्माण कम्पनीलाई भुक्तानी दिन पनि बजेट अभाव भएको उनले बताए । चालू आर्थिक वर्षको हालसम्म १५ करोड मात्र बजेट प्राप्त भएको भन्दै उनले आवश्यक बजेट नआउँदा पुल निर्माणमा ढिलाइ भएको दाबी गरे । मुग्लिन नजिकैको खहरे खोलाबाट रिग्दी खोलासम्मका सातओटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठओटा पुललाई प्याकेज–२ बनाएर सम्झौता गरिएको थियो । प्याकेज–१ का पुल निर्माणका लागि ६७ करोड ९९ लाख ५९ हजार तथा प्याकेज–२ का पुल निर्माणका लागि ५९ करोड ५ लाख ५९ हजारमा ठेक्का सम्झौता गरिएको थियो । हाल मुग्लिन नारायणगढ सडकमा पुराना पुलहरूको चौडाइ ५.५ मिटरदेखि ६ मिटर छ । अब बन्ने पुलहरूको चौडाइ ९ मिटरदेखि ११ मिटरसम्म हुने इञ्जिनीयर आचार्यले जानकारी दिए । रासस

पुल र सडकका लागि ९६ करोड बजेट विनियोजन

जिल्लामा सडक तथा पुल निर्माणका लागि प्रदेश सरकारले ९६ करोड बढी बजेट विनियोजन गरेको छ । सडक, पुल निर्माण तथा मर्मत सुधारका लागि चालु आर्थिक वर्ष २०७८/०७९ मा ९६ करोड ९५ लाख ३० हजार रुपैयाँ बजेट बिनियोजन गरेको सडक पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार जसमा सडक तथा पुल निर्माणका लागि ९० […]

सडक निर्माण र स्तरवृद्धिमा ७१ करोेड विनियोजन

चालू आवमा सडक डिभिजन जुम्लाले सडक निर्माण तथा स्तरवृद्धिमा करिब ७१ करोड बजेट खर्चिने भएको छ । नयाँ सडक निर्माण, पुराना सडक स्तरवृद्धि, पक्की पुल निर्माण, कच्ची सडक निर्माणलगायतका पूर्वाधार विकासमा ७१ करोड बजेट विनियोजन भएको छ ।सडक निर्माण तथा स्तरवृद्धिका लागि पाँच वटा शीर्षकमा ७१ करोड विनियोजन भएको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले […]

गण्डकी प्रदेश सरकारबाट विभिन्न योजनाका लागि बजेट

दमौली । गण्डकी प्रदेश सरकारमार्फत तनहुँ जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सडक पुल, मोटरमार्ग, खानेपानी, भवन, सिँचाइ लगायतका योजनामा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानको निर्वाचन क्षेत्र तनहुँ १ (ख) अन्तर्गत बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा सडक पुल, खानेपानी, मोटरमार्ग, खानेपानी, […]

कर्णालीको सडक पूर्वाधार विकासमा सात अर्ब विनियोजन

जुम्ला-भौगोलिक रूपमा विकट कर्णालीका दुर्गम स्थानलाई यातायातको सहज पहुँच पु-याउन कर्णाली प्रदेश सरकारले पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । कर्णालीका १० वटै जिल्लामा सडक, झोलुंगे पुल, मोटरेबल पुल, पुराना अधुरा सडक निर्माणलगायतका पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको हो ।कर्णाली सरकारले आगामी आवका लागि विनियोजन गरेको ३६ अर्ब ५८ करोड ९९ […]