एमालेद्वारा सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सुन तस्करी प्रकरणमा सरकारकै संरक्षणमा भएको भन्दै त्यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै एमालेका सांसदहरुले वेल घेराउ गरेका हुन् ।