धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियार (कान)को शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै काँग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए ।बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरूले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल कलेजबाट निकाल्न दिइएको हो ।हत्याको विरोधमा भरतपुरमा एक