अनन्त सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खलाडी पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रिय टिमका डिफेन्डर तामाङलाई ५० हजार पाँच रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरिएको हो । अनन्तले २०१३ मा यु–१६ मा खेल्दै युवा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । २०१५ मै उनले राष्ट्रिय सिनियर टोलीबाट डेब्यु गरे । […]

सम्बन्धित सामग्री

एन्जिला र प्रिन्स एनएनआइपिए वर्षका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले एनएनआइपिए वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औं एनएनआईपिए स्पोर्ट्स अवार्ड– २०७८ मा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । दुवैले अवार्डसहित […]

एनओसी अवार्ड : प्रिन्स र गौरिका सर्वोत्कृष्ट खेलाडी

काठमाडौ। ब्याड्मिन्टनका प्रिन्स दाहाल र पौडीकी गौरिका सिंह नेपाल ओलम्पिक कमिटी (एनओसी) सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको एनओसी अवार्डमा प्रिन्सलाई उत्कृष्ट पुरुष तथा गौरिकालाई उत्कृष्ट महिला खेलाडीको सम्मान प्रदान गरिएको हो । यसैगरी तेक्वान्दोकी संगीना वैद्यले उत्कृष्ट महिला प्रशिक्षकको सम्मान पाउँदा नेपाल तेक्वान्दो संघ […]

एनओसी अवार्ड : गौरिका र प्रिन्स उत्कृष्ट खेलाडी घोषित

काठमाडाैँ- अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीबाज गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीकी गौरिकालाई उत्कृष्ट महिला तथा प्रिन्सलाई उत्कृष्ट पुरुष खेलाडीको रूपमा सम्मान गरेको हो। वर्षभरको प्रदर्शन र […]

ब्याडमिन्टनका प्रिन्स र पौडीकी गौरिका उत्कृष्ट खेलाडी घोषित

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीबार आयोजना गरेको एनओसी अवार्डमा पौडीबाज गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन्।...

गौरिका र प्रिन्स बने 'सर्वोत्कृट खेलाडी'

काठमाडौं । पौडीकी गौरिका सिंह र ब्याड्मिन्टनका प्रिन्स दाहाल बिहीबार नेपाल ओलम्पिक कमिटीले प्रदान गरेको 'एनओसी सर्वोत्कृष्ट खेलाडी' पुरस्कारबाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा  आयोजना गरिएको  एनओसी अवार्डमा गौरिकालाई उत्कृष्ट महिला र प्रिन्सले उत्कृष्ट पुरुष पुरुष खेलाडी अवार्डबाट सम्मानित गरिएको हो । उत्कृष्ट महिला प्रशिक्षकबाट तेक्वान्दोकी संगीना वैद्यलाई सम्मान...

ओलम्पिकमा मेडल जित्ने खेलाडीलाई सरकारले २ करोड पुरस्कार दिने

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताएका छन् । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ  (एनएनआइपिए) द्धारा आयोजित स्पोर्टस अवार्ड कार्यक्रममा बोल्दै मन्त्री अथकले  राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीहरुको पुरस्कार सुनिश्चितताका लागि मन्त्रालयले पुरस्कार सम्बन्धि कार्यविधि तयार गर्न लागेको बताएका हुन्  । कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री अथकले ओलम्पिकमा स्वर्ण पदक ल्याउने नेपाली खेलाडीहरुलाई २ करोड नगद राशीले सम्मानित गर्ने उद्घोष समेत गरेका छन् । “मन्त्रालयले ओलम्पिक मेडलिष्ट खेलाडीलाई २ करोड नगदराशीले पुरस्कृत गर्ने गरी कार्यविधि बनाईरहेको छ”, मन्त्री अथकले भन्नुभयो, “उक्त राशी बढाउन थप प्रयास गर्नेछु ।”नेपाली खेलाडीहरुले पछिल्लो समय विभिन्न क्षेत्रमा उल्लेखनिय उपलब्धी हासिल गर्दै आएपनि ओलम्पिकमा भने कुनै प्रतिफल ल्याउन नसकेको प्रति ईगित गर्दै मन्त्री अथकले भने , “तपाईहरुले खेलका विभिन्न पहाड चढ्नुभएको छ, अब खेल क्षेत्रको सगरमाथा (ओलम्पिक) चढ्ने उद्धेश्य राख्नुहोस ।” सरकारले खेलकुदलाई अनुत्पादक क्षेत्रका रुपमा हेर्ने गरेको अनुभुती भएको बताउँदै मन्त्री अथकले उक्त दृष्टिकोण बदल्न समेत खेलाडी तथा खेल संघहरु लाग्नुपर्ने बताए  । मंगलबार ललितपुरको गोदावरी नगपालिकास्थित बज्र बाराही मन्दिर परिसरमा भएको १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा विभिन्न २७ विधागत खेलका १५ पुरुष र १२ महिला उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भएका छन् । जसमध्ये राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १ लाख नगद पुरस्कार प्राप्त गरेका छन्।

एनएनआइपिए अवार्ड : विराज र अरुणा सर्वोत्कृष्ट खेलाडी

काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष गर्दै आएको एनएनआइपिए अवार्डमा मंगलबार एक कार्यक्रमबीच खेलाडीलाई सम्मान गरिएको छ। १६ औं संस्करणको एनएनआइपिए स्पोर्टस अवार्डका सर्वोत्कृष्ट र उत्कृष्टसहित विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ।लामो समय नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्य रहेका पूर्वकप्तान विराज महर्जन र भलिबलकी अरुणा शाही वर्षको सर्वोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्। उनीहरुले सम्मानस्वरुप नगद १/१ लाख रूपैयाँ प्राप्त गरे। त्यस

यी हुन् उत्कृष्ट २६ खेलाडी, गौरिका र मण्डेकाजी बने सर्वोत्कृष्ट

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा चार स्वर्णपदक जितेकी गौरिका सिंह र दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा सिंह र श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। उनीहरुले ग्लोबल आईएमई बैंकबाट प्रायोजित जनही १ लाख रुपैयाँ प्राप्त गरे। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआईपीए) ले अवार्डको १५औँ संस्करणमा २६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो । उत्कृष्ट खेलाडीको सूची यसअघि नै एनएनआईपीएले सार्वजनिक गरिसकेको थियो । सम्मानित अधिकांश खेलाडी गत वर्ष स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् । उत्कृष्ट २६ खेलाडीमध्ये महिला र पुरुष सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान र राइजिङ प्लेयर अफ दि इयर घोषणा गरिएको थियो । सागकै दोहोरो स्वर्णपदक विजेता तेक्वान्दोकी आयशा शाक्य र सागमा स्वर्णपदक विजेता फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ प्रतिभावान खेलाडी घोषित भए । आयशा र र सुजनले युएसए एभरेष्ट तेक्वान्दोले प्रायोजन गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे । यसपटक थप राइजिङ प्लेयर अफ दि इयर अवार्ड सागका दोहोरो स्वर्णपदक विजेता गल्फका सुवास तामाङ र सागमा पहिलो पटक कुस्तीमा स्वर्णपदक जित्ने संगीता धामीले जितिन् । सुवास र संगीताले स्काई फिटले प्रायोजन गरेको समान ५० हजार रुपैयाँ पाए । एनएनआईपीए स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी गौरिका सिंह (पौडी) मण्डेकाजी श्रेष्ठ (कराते) सुजल श्रेष्ठ (फुटबल) पुरुषोत्तम बज्राचार्य (टेबल टेनिस) कल्पना परियार (सुटिङ) कुलबहादुर थापा (भलिबल) विकास थापा भारोत्तोलन (भारोत्तोलन) प्रदीप खड्का (लन टेनिस) रविना थापा (फेन्सिङ) कल्पना ओली (ह्यान्डबल) विपना ब्लोन (स्क्वास) मिनु गुरुङ (बक्सिङ) श्याम बुढाथोकी (खो खो) रत्नजित तामाङ (ब्याडमिन्टन) सोनी तामाङ (ट्राइथोलन) अन्जली चन्द (क्रिकेट) आयशा शाक्य (तेक्वान्दो) सुवास तामाङ (गल्फ) देविका खड्का (जुडो) सनातन मल्ल (आर्चरी) जुनी राई (उसु) अनुशा मल्ल (बास्केटबल) संगीता धामी (कुस्ती) मेनुकाकुमारी राजभण्डारी (कबड्डी) सन्तोषी श्रेष्ठ (एथलेटिक्स) बुद्धिबहादुर तामाङ (साइक्लिङ) सर्वोत्कृष्ट खेलाडी गौरिका सिंह (पौडी) मन्डेकाजी श्रेष्ठ (कराते) प्रतिभावान खेलाडी आयशा शाक्य (तेक्वान्दो) सुजल श्रेष्ठ (फुटबल) उदीयमान खेलाडी सुवास तामाङ (गल्फ) संगीता धामी (कुस्ती) पारा एथ्लेट केशव थापा (टेबल टेनिस) गजराज आदर्श खेल व्यक्तित्व अकवर शाह (कराते) एनएनआईपीए पत्रकारिता सम्मान रोशन सिंह राउत (अन्नपूर्ण पोष्ट)

कसले जित्ला ब्यालन डि'ओर?

विश्वको सर्वोत्कृष्ट खेलाडी बिहीबार फिफा ब्यालन डी'ओरको उपाधिबाट सम्मानित हुँदैछन् । विश्वभरका १ सय ७३ पत्रकारहरुको भोटका आधारमा आयोजक फ्रेन्च फुटबल म्यागजिनले यस प्रतिष्ठित पुरस्कार प्रदान गर्दैछ ।