तिहारमा भाइटीका र म्हपूजा कहिले मनाउने भन्ने विवाद, भक्तपुर तलेजुको छुट्टै तालिका

तिहार नजिकिँदै गर्दा यस पर्व सम्बन्धी फरकफरक साइतहरू सार्वजनिक हुँदा आम मानिसमा अन्योल सिर्जना भएको जानकारहरूले बताएका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले कार्तिक ५ गतेदेखि १० गतेसम्म तिहार विशेष पर्वहरूको साइत तय गरेको छ। यद्यपि, भक्तपुर तलेजुले ७ देखि ९ गतेसम्मको साइत सार्वजनिक गरेको छ। दुवै पक्षको साइतमा लक्ष्मीपूजा गर्ने मिति एकै दिन तोकिएको भए पनि म्हपूजा र भाइटीकाको मिति बाझिएको हो।'फरक मिति नहोस् र आम मानिसमा चाडपर्व कहिले मनाउने भन्ने विषयमा अन्योल नरहोस् भनेर सबै पक्ष समेटेर बैठक बस्यौँ तर सहमतिमा पुग्न सकेनौँ,' नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष, प्राध्यापक श्रीकृष्ण अधिकारीले भने।कुन दिन के मनाउने?समितिले जारी गरेको सूचना अनुसार कार्तिक ५ गतेबाट यमपञ्चक सुरु हुन्छ। त्यस दिन यमदीप प्रज्वलन गरी यमराजलाई निमन्त्रणा गर्ने चलन छ। त्यस्तै केही समुदायले सरसामान खरिद् गरी धनतेरस मनाउने गर्छन्। त्यस्तै कार्तिक ६ गते काग तिहार हो। कार्तिक ७ गते एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा तय भएको छ।विज्ञहरूले त्यस दिन बिहान कुकुरपूजा र साँझमा लक्ष्मीपूजा गर्नु उचित हुने बताएका छन्। समितिले सूचनामार्फत 'नरक चतुर्दशी स्नान गर्न' उचित हुने जनाएको छ। सामान्यतया एक दिन अघि वा सोही दिन बिहान गाई तिहार मनाएर साँझमा लक्ष्मीपूजा मनाइन्छ। तर, यसपटक लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् कार्तिक ८ गते मात्र गाई तिहार तोकिएको छ।कारण के हो त?ज्योतिषी सुरेशचन्द्र रिजालका अनुसार चाडपर्वहरू तिथिअनुसार मनाइन्छ। लक्ष्मीपूजा गर्नका निम्ति चतुर्दशी व्याप्त औँसी पर्न आवश्यक रहेको उनले जानकारी दिए। उनले भने,'चतुर्दशी सकिएपछि औँसी लाग्छ। त्यसको मध्यान्नमा लक्ष्मीपूजा गर्नु भन्ने शास्त्रीय वचन छ।'कार्तिक ७ गते साँझ ५:०४ बजे औँसी तिथि सुरु हुने र ८ गते साँझ ४:३३ मा समाप्त हुँदै छ। मध्यरातमा औँसी तिथि नपरेकै कारण लक्ष्मी पूजा अघिल्लो रात गर्नु पर्ने ज्योतिषी रिजालको भनाइ छ।कार्तिक ९ गते म्ह पूजा गोवर्द्धनपूजा, बलिपूजा र गोरूपूजा तय गरिएको छ। र, कार्तिक १० गते भाइटीका तोकिएको छ। कार्तिक ८ गते खण्डग्रास सूर्य ग्रहण भएकाले म्ह पूजा एक दिन ढिला राखिएको विज्ञहरू बताउँछन्।'हामीले शास्त्रमा लेखिएको कुरालाई आधार बनाएर र धर्म र तन्त्रका विज्ञ साथै संस्कृतिविद्हरूसँग सल्लाह बमोजिम राखेर पात्र निर्धारण गरेका हौँ। त्यसैले यसमा विवाद हुनु पर्ने कुरा छैन,' नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए। तर, म्ह पूजा गर्ने विभिन्न समुदायले उक्त निर्णयमाथि विमति जनाएका हुन्।कस्तो छ भक्तपुर तलेजुको तालिका?भक्तपुर नगरपालिका र भक्तपुर तलेजुको संयुक्त निर्णय अनुसार कार्तिकको ७ गते लक्ष्मीपूजा, कार्तिक ८ गते सूर्य ग्रहण सकिएपछि म्ह पूजा र कार्तिक ९ गते भाइटीका मनाइँदै छ। उक्त दिन साँझ ४:५२ बजे सुरु हुने ग्रहण ५:२४ मा सकिने जनाइएको छ। म्ह पूजा प्राय रातको समयमा मनाइने भएकाले उक्त दिन ग्रहण सकिएपछि नै म्ह पूजा गर्न उचित ठानेको बताउँछन् भक्तपुर तलेजुका मूल पुजारी सिद्धिवीर कर्माचार्य।उनले भने,'भक्तपुरमा हरेक वर्ष लगातार तीन दिन तिहार मनाउने चलन छ। त्यसैले यस वर्ष त्यो चलन तोड्नुभन्दा ग्रहण निवृत्त भएपछि म्ह पूजा गर्ने निर्णयमा पुगेका हौँ।'पञ्चाङ्ग अध्यक्ष अधिकारीले पनि 'कुनै समुदायले आफ्नो कुल परम्परा अनुरूप तिहार मनाउने छुट' रहेको बताए। 'सूर्यमा ग्रहण लागेको स्थितिमा खाना पनि नहुने पौराणिक मान्यता छ। त्यसैले शुभ कार्य तय नगरेका हौँ। तर यो सम्प्रदाय, स्थान विशेष चलन भएकाले आफूले चाहे अनुरूप गर्ने अधिकार सबैसँग रहन्छ,' अधिकारीले बताए। यद्यपि, केही समुदायले राति नभइ बिहानको समयमै म्ह पूजा गर्दै आएका छन्।भक्तपुर, ललितपुर र कान्तिपुरकै म्ह पूजा अघिल्ला वर्षहरूमा पनि एक दिन ढिलो, चाँडो भएको स्वीकार्छन् पुजारी कर्माचार्य। 'हामीले स्थान विशेष परम्परालाई निरन्तरता दिन चाह्यौँ। अर्को वर्षदेखि पञ्चाङ्ग निर्णायक समितिले तालिका बनाउँदा सुरुवाती चरणदेखि सबैलाई समेटे यस्तो विवाद हुँदैन,' उनले प्रस्ट्याए।कसले कुन दिन तिहार मनाउने त?शास्त्रको निर्देशन र विज्ञहरूको सुझाव अनुरूप तय गरिएकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले तय गरेको मितिमा तिहार मनाउँदा फरक नपर्ने राय राख्छन् ज्योतिषी सुरेशचन्द्र रिजाल। यद्यपि, समुदाय वा सम्प्रदाय विशेषले आफ्नो चलन र परम्परा अनुरूप निर्धारित दिनमा तिहार मनाउन सक्ने उनको धारणा छ।'हामीले सूर्य सिद्धान्त अनुरूप निर्णय गर्छौँ। पर्व सुधार सम्बन्धी समूहले चाहिँ यस विषयमा मतभेद जनाउँदै आएको छ। यसै वर्ष उक्त समूहले रक्षा बन्धन पञ्चाङ्ग समितिले तोकेभन्दा एक दिन अगाडि नै मनाएको थियो।' -बीबीसी  

सम्बन्धित सामग्री

धन्वन्तरि जयन्तीको सन्देश

नेपाली घरआँगनमा दोस्रो ठूलो पर्व तिहार नजिकिइसकेको छ । तिहार भनेपछि ज्योतिको पर्व, देउसीभैलो, भाइटीका, म्हपूजा आदि भन्ने बुझ्ने गरिन्छ । प्रकृतिको पूजा तिहारको मूल पक्ष हो तर यही बेला मनाइने धन्वन्तरि जयन्तीको महत्त्वबारे भने कमैलाई ज्ञान छ । त्यसमा पनि नेपालका जडीबुटीको उपयोग र आयुर्वेदको उपचार पक्षले पर्याप्त चर्चा र सहयोग पाएको छैन जुन विडम्बना हो । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरि जयन्ती मनाउने गरिएको छ र पछिल्लो समयमा यसलाई आरोग्य दिवससमेत भन्न थालिएको छ । वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा यो दिवस मनाउँदै आइएको छ । तर, यसले नेपालको जडीबुटीको महत्त्वलाई उजागर गर्न र प्रयोगबाट आरोग्यताका साथै आर्थिक समृद्धिमा सहयोग लिन भने नेपाल असमर्थ रहँदै आएको छ । त्यस्तै जडीबुटीको प्रयोगबाट उपचार गरिने नेपालका अन्य उपचार पद्धतिको सरंक्षण र अनुसन्धान एवं विस्तारमा समेत राज्यको ध्यान नपुगेको देखिन्छ ।  देवता र दानव मिलेर समुद्र मन्थन गर्दा अमृतको घडा लिएर ‘धन्वन्तरि’ प्रकट भएको मानिन्छ जसलाई आयुर्वेदका संस्थापक मानिन्छ । धन्वन्तरि अथर्ववेदको उपवेद आयुर्वेदका प्रवर्तक मानिन्छन् । आयुर्वेदअन्तर्गत शल्यक्रियाका विशेषज्ञ सुश्रुत मानिन्छन् । स्थानीय जडीबुटी र परम्परागत ज्ञानबाट नै धेरै प्रकारका रोगको उपचार गरिन्थ्यो । तर, एलोपेथिक उपचार पद्धतिको दबदबासँगै मौलिक उपचार पद्धतिहरू हराउन थालेका छन् जसबारेमा पर्याप्त अनुसन्धान गर्न आवश्यक छ । विश्वभर विभिन्न औषधोपचार पद्धति विद्यमान छन् । तिनका आआफ्नै सीमा र विशेषता रहेका छन् । आयुर्वेदिक उपचारको पनि आफ्नै खालको विशेषता पाइन्छ । तर, पछिल्लो चरणमा यसको बारेमा थप अध्ययन र विकासका काम नहुँदा ओझेलमा पर्दै गएको हो । सबै उपचारका आआफ्ना सीमा भएपनि एलोपेथिक डाक्टरहरूले आयुर्वेदलगायत स्थानीय उपचार विधिको विरोध नै गर्ने गरेकाले पनि ओझेलमा परेको हो । यद्यपि बिस्तारै आयुर्वेदिक उपचार पद्धतिप्रति आकर्षण बढ्न थालेको पनि देखिन्छ । अमेरिकालगायत विकसित देशले आयुर्वेदलाई वैकल्पिक उपचार पद्धतिमात्रै मानेका छन् र मान्यता दिएका छैनन् । तर, चीन, भारत र नेपालमा भने यसले औपचारिक मान्यता प्राप्त गरेको छ । चीनमा जडीबुटीको प्रयोगलाई निकै मान्यता दिएको देखिन्छ भने यसको निर्यात पनि विश्वमै सबैभन्दा बढी हुने गरेको पाइन्छ । नेपालमा आम्ची वा बिजुवा आदिले पनि जडीबुटीकै माध्यमबाट उपचार गर्छन् जुन आयुर्वेदकै अंश मानिन्छ । तिनको संरक्षण पनि हुन सकेको छैन ।  आयुर्वेदिक उपचार पद्धतिको विकासका लागि जेजति गर्नुपर्ने हो त्यो काम भएको छैन । आयुर्वेदिक उपचारका लागि जडीबुटीको प्रयोग हुन्छ । नेपालमा दुर्लभ जडीबुटी छन् तर तिनको प्रयोग र संरक्षण तथा खेतीका बारेमा भने काम हुन सकेको छैन । आयुर्वेद र जडीबुटीको ज्ञान भएकाहरूको संख्या कम हुनु, ज्ञान भएकाहरूमा पनि लघुताभास हुनु तथा यसको विकासमा राज्य योजनाबद्ध रूपमा अघि नबढ्नुले नेपालको बहुमूल्य निधि नासिँदै छ ।  नेपालका जडीबुटीको महत्त्व निकै छ । विश्वमै दुर्लभ मानिएका जडीबुटीहरू हिमाली क्षेत्रमा पाइन्छन् । बिस्तारै तिनलाई चिन्ने र प्रयोग गर्न सक्ने जनशक्ति नै हराउँदै गइरहेको छ । त्यसैले यो अमूल्य उपचार पद्धतिलाई जोगाएर जडीबुटीको माध्यमबाट आर्थिक समृद्धिमा सहयोग पुर्‍याउन आवश्यक देखिन्छ । नेपालका जडीबुटीको निर्यात भइरहेको छ । तर, प्रशोधन गरी निर्यात गर्न सकिएको छैन, कच्चा पदार्थका रूपमा मात्रै निर्यात हुने गरेको छ । यसले गर्दा जति लाभ लिन सकिन्थ्यो त्यो अवसर गुमेको छ । नेपालमा आयुर्वेदिक औषधि निर्माणको ज्यादै लामो इतिहास छ । डाबर इन्डियाले विश्व बजारमा आयुर्वेदिक औषधि विक्री गरिरहँदा त्योभन्दा निकै पुरानो सिंहदरबार वैद्यखाना भने घिटघिटो गरी चलिरहेको छ । बजेट, दक्ष जनशक्ति र कच्चा पदार्थको अभावका कारण वैद्यखानाले आफ्नो गौरव कायम गर्न सकेन । राजा प्रताप मल्लको पालामा स्थापित यो वैद्य खानाले अहिले सामान्य औषधिमात्रै उत्पादन गर्दै आएको छ । आम्चीहरूले बनाउने औषधिका बारेमा पनि अध्ययन गर्न आवश्यक छ । यस्ता मौलिक उपचार पद्धतिलाई जीवन्त राख्न सकेको भए अहिले नेपाल आयुर्वेदिक उपचार र जडीबुटीको केन्द्र नै बन्न सक्थ्यो । अहिले पनि भारत र जर्मनीलगायत देशले नेपालका जडीबुटीमा आँखा लगाइरहेको बताइन्छ । त्यसैले नेपालमा भएका जडीबुटीको विकासका लागि नेपाल आफैले काम गर्नुपर्छ । यस्तो औषधि र जडीबुटीको पेटेन्ट लिन तथा त्यसको थप विकास गर्न नेपालले पर्याप्त लगानी गर्नु आवश्यक छ । यदि यसो भएन भने भोलिका दिनमा नेपाली जडीबुटीको व्यावसायिक प्रयोगमा समस्या आउन सक्छ । त्यसैले धन्वन्तरि जयन्तीको औपचारिक कार्यक्रममात्र होइन, आयुर्वेद उपचार र जडीबुटीको उपयोगमा विशेष नीति लिन आवश्यक देखिन्छ ।

यस्तो हुनेछ राशिफलका आधारमा तिहारको साता

आइतबारः काकवली, कागतिहार । ७ गते सोमबारः नरकचतुदर्शी अर्थात कुकुर तिहार । ८ गते मंगलबारः अमावश्य तिथि, गाई तिहार, ग्रस्तास्त सूर्य ग्रहण । ९ गते बुधबारः गोवर्द्धन पूजा, म्हपूजा र गोरु तिहार । १० गते बिहीबारः यमद्वित्तीया, किजापूजा, भाइटीका ।

तिहार सुरु भएसँगै बजारमा भीडभाड बढ्दो (फोटो फिचर)

काठमाडौँ- तिहार सुरु भएसँगै बजारमा पनि भीडभाड बढेको छ । असनसहितका बजारमा भिडभाड बढेको हो । लक्ष्मीपूजा र भाइमसला खरिद गर्नेहरुको भीड असन क्षेत्रमा बढेको हो । आइतबार काग तिहार र  सोमबार कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । मंगलबार गाईपूजा, बुधबार गोवर्द्धनपूजा हलितिहार, म्हपूजा परेको छ भने बिहीबार भाइटीका परेको छ […]

७९ सालमा ९० भन्दा धेरै दिन सार्वजनिक विदा (सूचीसहित)

नेपाल सरकारले संवत् २०७९ सालमा हुने सार्वजनिक विदाको सुची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २०७९ सालमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयबारेको विवरण सार्वजनिक गरेको हो ।सूचना अनुसार ७९ सालमा शनिवार सहित ९० दिन भन्दा बढी दिन सार्वजनिक विदा हुने छ । यद्यपि केहि विदा भने धर्म विशेष, क्षेत्र विशेष र समुदाय विशेषको लागि मात्र रहेको छ ।हेर्नुस २०७९ सालको विदाको सूची ' १. वर्षभरिका शनिबार बिदा:(क) वैशाख - ३.१०.१७,२४, ३१(ख) जेठ - ७, १४, २१, २८ (ग) असार- ४.११.१८(घ) साउन - ७, १४, २१, २८(ङ) भदौ - ४, ११, १८, २५ (च) असोज - १, ८, १५, २२,२९ (छ) कात्तिक - ५.१२.१९.२६ (ज) मङ्सिर- ३,१०, १७, २४ (झ) पुस - २, ९, १६,२३,३० (ञ) माघ - ७, १४, २१, २८ (ट) फागुन -६, १३, २०, २७ (ठ) चैत - ४, ११, १८, २५२.पर्व बिदाहरू:२.१ मुलुकभरि सार्वजनिक बिदा हने पर्वहरू:(क) नव वर्ष - वैशाख १ गते बिहीबार। (ख) राई, लिम्बू, याक्खा, सुनुवार, लगायतका किराँत समुदायको उभौली पर्व - चण्डी पूर्णिमा (वैशाखपूर्णिमा) - जेठ २ गते सोमबार। (ग) रक्षाबन्धन - साउन २७ गते शुक्रबार। (घ) श्रीकृष्ण जन्माष्टमी - भदौ ३ गते शुक्रबार। (ङ) घटस्थापना - असोज १० गते सोमबार। (च) छठ पर्व - कात्तिक १३ गते आइतबार।(छ) किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि-ज्यापू दिवस (धान्य पूर्णिमा) - मङ्सिर २२ गते बिहीबार। (ज) इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे, (डिसेम्बर २५) - पुस १० गते आइतबार । (झ) तमु ल्होसार - पुस १५ गते शुक्रबार।। (ञ) माघी पर्व/माघेसङ्क्रान्ति - माघ १ गते आइतबार। (ट) सोनाम ल्होसार - माघ ८ गते आइतबार । (ठ) महाशिवरात्री - फागुन ६ गते शनिबार । (ड) हिमाली आदिवासी जनजातिहरूले मनाउने ग्याल्पो ल्होसार - फागुन ९ गते मङ्गलबार । (ढ) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन । (ण) इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन । (त) फागुपूर्णिमा, हिमाली र पहाडी जिल्लालगायतका ५६ जिल्लाहरूमा फागुन २२ गते सोमबार तथा देहायका तराई जिल्लाहरूमा फागुन २३ मङ्गलबार ।२.२ सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरू:(क) गाईजात्रा - साउन २७ गते शुक्रबार (देशभरका नेवार समुदायका लागि मात्र) । (ख) गौरा पर्व - भदौ १८ गते शनिबार। (ग) मोहम्मद जयन्तीका दिन। (घ) सिरुवा पावनीको दिन - सो पर्व मनाउने झापा, मोरङ्ग, सुनसरी, सिराहा र सप्तरी जिल्लामा । ३. महिला कर्मचारीहरूको लागि मात्र:(क) हरितालिका तीज) व्रत - भदौ १४ गते मङ्गलबार। (ख) जितिया पर्व - असोज २ गते आइतबार (जितिया पर्व मनाउने महिला कर्मचारीहरूको लागि) । ४. शिक्षण संस्थाहरूको लागि मात्र:बसन्त पञ्चमी- माघ १२ गते बिहीबार।५. जात्रा बिदा (काठमाडौं उपत्यकालाई मात्र):(क) गाईजात्रा - साउन २७ गते शुक्रबार। (ख) इन्द्रजात्रा - भदौ २४ गते शुक्रबार। (ग) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन) ।(घ) घोडेजात्रा - चैत ७ गते मङ्गलबार। ६. दशैं बिदा:असोज १६ गते आइतबार देखि असोज २१ गते शुक्रबार सम्म (फूलपातीदेखि द्वादशीसम्म) । ७. तिहार बिदा (कात्तिक ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म) : (क) लक्ष्मीपूजा - कात्तिक ७ गते सोमबार। (ख) गाई तिहार - कात्तिक ८ गते मङ्गलबार।(ग) म्हपूजा, नेपाल संवत् प्रारम्भ, गोवर्द्धनपूजा - कात्तिक ९ गते बुधबार । (घ) भाइटीका/किजापूजा - कात्तिक १० गते बिहीबार । ८. दिवस बिदा:८.१ मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवस बिदाहरू:(क) विश्व मजदुर दिवस - (मे १) वैशाख १८ गते आइतबार। (ख) गणतन्त्र दिवस - जेठ १५ गते आइतबार। (ग) संविधान दिवस (राष्ट्रिय दिवस) - असोज ३ गते सोमबार । (घ) राष्ट्रिय प्रजातन्त्र दिवस - फागुन ७ गते आइतबार । (ङ) अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८)- फागुन २४ गते बुधबार । ८.२ अपाङ्गता भएका कर्मचारीहरूको लागि मात्र: अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, (डिसेम्बर ३) मङ्सिर १७ गते शनिबार नेपाल भित्रका अपाङ्गता भएका सम्पूर्ण कर्मचारीहरु ९.जन्म जयन्ती बिदा:९.१ मुलुकभरि सबैलाई हुने सार्वजनिक जयन्ती बिदा:बुद्ध जयन्ती - जेठ २ गते सोमबार। ९.२ सम्बन्धित धर्मावलम्बीहरूका लागि मात्र:(क) फाल्गुनन्द जयन्ती - कात्तिक २५ गते शुक्रबार 1 (किराँत धर्मावलम्बी) । (ख) गुरु नानक जयन्ती . कात्तिक २२ गते मङ्गलबार (नेपाली सिख धर्मावलम्बी) ।सार्वजनिक विदाको पुरा सूची हेर्न यहाँ क्लिक गर्नु होला

असोज २७ देखि कार्तिक २ गतेसम्मको साप्ताहिक राशीफल

असोज २९ गते : रमा एकादशी व्रत, असोज ३१ गते : यमपञ्चक आरम्भ, कागतिहार, धनत्रयोदशी, कात्तिक १ गते : कुकुर तिहार, कात्तिक २ गते : लक्ष्मीपूजा, कात्तिक ३ गते : गोवद्र्धन पूजा, म्हपूजा, कात्तिक ४ गते : भाइटीका ।