थापाथलीस्थित नर्भिक अस्पतालले पुस महिनाभरि मिर्गौला, मूत्रनली र मूत्रथैली केन्द्रित निःशुल्क ओपीडी सेवा सञ्चालन गरिरहेको छ । यो शनिबार पनि यूरोलोजी टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने जनाएको छ । निःशुल्क ओपीडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन् । शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपीडी सञ्चालन हुने अस्पतालले जनाएको छ । मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरूले ओपीडीमा सहभागी भई निःशुल्क परा