काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबारदेखि सवारी साधन चलाउन निषेध गरिएको छ । हवाई उडान सुचारु नै रहने हुनाले विमानस्थल आवतजावत गर्ने यात्रुका लागि प्रिपेड ट्याक्सी सुचारु गर्ने अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयको तयारी छ । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले टिकट देखाएर विमानस्थलसम्म जान पाउने निर्णय गरेका छन् । तर, निजी सवारी नभएका यात्रुका लागि प्रिपेड ट्याक्सीलाई सुचारु गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयका महाप्रबन्धक प्रतापबावु तिवारील