भेनस दिदीबहिनी पहिलो चरणबाटै बाहिरिए

सेरेना र भेनस विलियम्सको जोडी यूएस ओपनको पहिलो चरणमा नै पराजित भएको छ । सन् २०१८ पछि पहिलोपटक सँगै खेलिरहेका दिदीबहिनी चेक जोडी वलुसी ह्राडेका र लिन्डा नोस्कोभासँग ७–६ (७–५)  ६–४ ले पराजित भएका हुन् ।कीर्तिमानी अमेरिकी जोडीले यसअघि १४ वडा ग्रान्ड स्लाम डबल्स उपाधि जितेका थिए । ४० वर्षीया सेरेनाले प्रतियोगितापछि सन्यास लिने बताएकी छन् भने उनी दिदी ४२ वर्षीया भेनसले आफ्नो योजना सार्वजनिक गरेकी छैनन् । सेरेनाले शुक्रबार महिला सिंगल्सको तेस्रो चरणमा अस्ट्रेलियाकी अजिला टो