विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माको पहलमा मोरङको पथरी शनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गरिएको छ । नोवेलबाट विशेषज्ञ डाक्टरहरुको टोली पठाएर डा.शर्माले बृद्धबृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाएका हुन् ।डा.शर्माको योजना अनुरुप ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मंगलवार पथरीमा मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गरिएको हो । शिविरमा स्थानीय १७५ जना बृद्धबृद्धाको मुटु तथा फोक्सो परीक्षण गरिएको छ । बृद्धबृद्धाको उप