नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनु पूर्व देउवालाई ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषी सुरेश चन्द्र रिजालले अर्को भविष्यवाणी गरेका छन् ।उनले असार २७ गतेबाट सुरु भएको गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ दिन भएको बताएका छन् । शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लागि आजको दिन विशेष कार्य सिद्धिको योग परेको ज्योतिषी रिजा