कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलिमय पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थको खरिद तथा बिक्री वितरणमा कुनै समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । मागअनुसारको सप्लाईमा कुनै समस्या नभएको उहाँको भनाइ छ ।
निषेधाज्ञापछि पेट्रोलियम पदार्थको माग घटेको छ । प्रवक्ता उपाध्यायले भन्नुभयो, “यातायातका साधन र बजार ठप्प भएपछि पेट्रोलियम पदार्थको माग घट्नु स्वाभाविक हो तर कतिले घट्यो भन्ने कुरा हामी एक हप्तामा निकाल्छौँ । अहिले निषेधाज्ञामा हामीले हाम्रो सेवा स्थगित गरेका छैनौँ, पेट्रोलियम पदार्थको सहज आपूर्ति छ । ”