डा. खगराज बरालको अनुभूति संग्रह ‘मालामा नउनिएका फूलहरु’को विमोचन

काठमाडौं । डा. खगराज बरालद्वारा लिखित गैरआख्यान अनुभूति संग्रह ‘मालामा नउनिएका फूलहरु’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । पुस्तकमा लेखक बरालको अनुभव र भोगाइ समेटिएका छन् । यस पुस्तकमा विभिन्न विषय र क्षेत्रका २० शीर्षकमा आत्मपरक निबन्ध समेटिएका छन् । बराल गीत, कविता, कथा र समालोचना लेखनमा […]

सम्बन्धित सामग्री

रचना रिमाल र राजन बरालको ‘माया सिम्ले छौँ कि जल्किनी’ सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत ‘माया सिम्ले छौँ कि जल्किनी’ आइतबार सार्वजनिक भएको छ । डा खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीतमा राजन बराल, सङ्गीत संयोजन र गितारमा मनोहर सुनाम, सारङ्गीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकी छन् । मुनलाइट इन्टरनेसनल …

स्यानीः बाल्यकालका स्मृतिका छाल

डा. खगराज बराल शैक्षिक तथा प्रशासनिक क्षेत्रको सुपरिचित नाम हो । साहित्यिक नाम हो श्रमिक बराल । विगत तीन दशक पहिले साहित्यिक आकाशमा उदाएको एउटा नक्षत्र हुन् । जम्मा सातओटा साहित्यिक र दशओटा गैह्रसाहित्यिक कृतिहरु सिर्जना गरिसकेका बरालका कृतिहरु उत्कृष्ट छन् । शैक्षिक क्षेत्रलाई मार्गदर्शन गर्ने दुईओटा कृति सांग्रिला बुक्समार्फत् बजारमा आइसकेका छन्ः सिकाउने शैली […]

वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको कोरोना अस्पताल बनाउने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल भएको छ ।सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने […]

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी

काठमाडौं । सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ । परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी ले निर्णय गरेको छ । उत्पादकहरूले अक्सिजन पर्याप्त भए पनि सिलिन्डर अपुग हुँदा आपूर्ति गर्न नसकिएको बताउँदै आएका छन् । त्यस्तै मानिसहरूले घरमा अक्सिजन होल्ड गरेर राख्दा पनि अपुग भएको उनीहरूको भनाइ छ । नयाँ प्रजातिको कोरोना भाइरसले संक्रमितको श्वासप्रश्वासमा असर पार्ने र  उनीहरूलाई अक्सिजन दिनुपर्ने अवस्था बढी भएको चिकित्सहरूले बताएका छन् । संक्रमण बढेसँगै अक्सिजनको माग बढ्ने भएकाले थप सिलिन्डर आवश्यक भएको हो । सीएमसी बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान व्यवस्थित गर्ने निर्णय गरेको छ । निषेधाज्ञा जारी भएका जिल्लाहरूका सरकारी कार्यालयमा मानिसहरूको आवतजावत कम गर्ने, सचिव, सहसचिव र कार्यालय प्रमुखहरू परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न सक्ने निर्णय समेत बैठकले गरेको छ । त्यसैगरी सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पताल बनाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालमा नवनिर्मित भवनलाई ५०० शैय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल अघि बढाएका हुन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतवार मुख्यसचिव शंकरदास वैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरे । काठमाडौं उपत्यकामा कोरोनाका बिरामी बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सीसीएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको प्रधामन्त्री कार्यालयले बताएको छ । यसैबीच, कोरोनाबाट मृत्यु भएका नागरिकको दाह संस्कार सरकारले गर्ने भएको छ । आइतवार बसेको सीसीएमसी बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएका नागरिकका दाह संस्कार सरकारी खर्चमा गर्ने निर्णय गरेको हो । शव दाह गृह व्यवस्थित रूपमा सञ्चालन गर्ने र देखिएका समस्या निकारण गर्न विदेशबाट प्राविधिक झिकाउनुपर्ने भए त्यसको सहजीकरण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने निर्णय गरेको छ । परम्परागत विधिबाट पनि दाह संस्कार गरिने र त्यसलाई व्यवस्थित गर्न परिपत्र गरिसकिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी गराए । कोरोना नियन्त्रणमा कठिन भएपछि सिसिएमसीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले आइतबार नै आन्तरिक उडानमा कोटाप्रणाली लागू गरेको छ भने केही अन्तर्राष्ट्रिय उडानमा कडाइ गर्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर भारतसहित ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको सरकारका एक मन्त्रीले बताए । मन्त्रिपरिषद् बैठकको पूर्ण निर्णय सरकारले सार्वजनिक गरेको छैन । यसैबीच, काठमाडौंमा कोरोना संक्रमणले उच्च गति लिएपछि आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तीय संस्थालाई एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न दिने निर्णय गरेको छ । खाद्यान्नका पसलहरू बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न अनुमति दिएकोमा सोमबारदेखि खोल्न नदिने निर्णय भएको काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार मास्क नलाई हिड्नेलाई जरिबाना गर्नेदेखि पासमा कडाइ गर्नेसम्मको निर्णय डीसीसीएमसीको बैठकबाट भएको छ ।

वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पताल बनाउने तयारी

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् । । सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल ...