सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा हाइड्रोपावरका कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत...
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच बुधवार (आज) हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावरका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलमार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर साधारणसभाबाट पारिद भएपश्चात निष्कासन हुनेछ ।
युनाईटेड मोदी हाइड्रोपावर अन्तर्गतको पर्वतमा रहेको १० मेगावाट उत्पादन क्षमता रहेको “तल्लो मोदी–१ जलविद्युत आयोजना’ २०६९ मंसिरदेखि सञ्चालनमा आइसकेको छ ।
काठमाडौं– सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बिक्री प्रबन्धकमा नियुक्त भएको छ । सम्झौतामा खानी खोला हाइड्रोपावरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्रोपावर कम्पनीको हकप्रद सेयर […]
काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनीले शेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । शुक्रवार हाइड्रोपावर र क्यापिटलबीच सो सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा हाइड्रोपावरका प्रबन्ध सञ्चालक दिनेशप्रसाद श्रेष्ठ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
हाइड्रोपावरले फागुनको पहिलो सातादेखि विद्युत् उत्पादन परीक्षण गरिरहेको छ भने क्यापिटलले धितोपत्र निष्कासन, सामूहिक लगानी कोष तथा पोर्टफोलियो लगानी व्यवस्थापनको साथै अन्य मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ सेवा दिँदै आएको छ ।