आणविक अस्त्र निषेध सन्धि अनुमोदनको माग गर्दै राजधानीमा प्रदर्शन (तस्बिरहरु)

आणविक हतियार निषेध सन्धिलाई नेपालले अनुमोदन नगरेकोमा शान्तिवादीहरुले रोष व्यक्त गरेका छन् ।  २० सेप्टेम्बर २०१७ मै नेपालले सन्धिमा हस्ताक्षर गरेपनि अझैसम्म अनुमोदन हुन नसकेको हो ।  अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सन्धि अनुमोदनको माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा शान्तिवादीहरुले यो सन्धि अनुमोदनमा नेपाल सरकारले देखाएको अनिच्छा आश्चार्यजनक एवं दुर्भाग्यपूर्ण भएको बताएका थिए । प्रदर्शनमा शान्ति समा

सम्बन्धित सामग्री

आणविक अस्त्र निषेधको माग गर्दै बुटवलमा शान्ति समाजको प्रदर्शन

५ असोज, बुटवल । मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्र निषेधको माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । प्रत्येक वर्ष सेप्टेम्बर २१ का दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर समाजले मंगलबार बुटवलको राजमार्ग चौराहा चोकमा प्रदर्शन गरेको हो । ‘आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर’ भन्ने ब्यानर र […]

आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न माग

मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न माग गर्दै देशभर प्रदर्शन गरेको छ । मंगलबार अन्तर्राष्ट्रिय शान्ति दिवसको सन्दर्भमा समाजले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन र निर्माण, भण्डारण आदिलाई निषेध गर्ने आणविक हतियार निषेध सन्धिलाई अनुमोदन गर्न माग गरेको हो ।

काठमाडौंमा अमेरिकासहित ९ देशका दूतावास अगाडि प्रदर्शन

२५ मंसिर, काठमाडौं । मानवअधिकारकर्मीहरुले नेपालस्थित नौ वटा दूवातावास अगाडि बिहीबार एकैसाथ प्रदर्शन गरेका छन् । आणविक अस्त्र निषेध सन्धी शीघ्र अनुमोदन गर्न माग गर्दै उनीहरुले काठमाडौंस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र …