संघीयता बलियो बनाउने निर्वाचन

संघीय नेपालको संविधानअनुसार शुक्रवार देशभरका स्थानीय सरकारहरूको निर्वाचन केही छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । राजनीतिक दलहरूको कार्यशैलीबाट जनता असन्तुष्ट भएको भनी विश्लेषण गर्ने गरिए पनि स्थानीय तहको निर्वाचनमा भएको सहभागिताले जनता लोकतान्त्रिक परिपाटीप्रति निकै विश्वस्त रहेको र लोकतन्त्रको अभ्यासमा रुचि रहेको मतदानले पुष्टि गरेको छ । तर, निर्वाचनको मत परिणाम विश्लेषण गरेर दलहरू र स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिहरूले आफ्नो कार्यशैली र जवाफदेहितामा भने सुधार गर्नुपर्ने देखिन्छ । संघीय सरकारले स्थानीय तहलाई जति अधिकार दिनुपर्ने हो त्यो व्यवहारत: नदिएको अवस्था पनि छ । संघीय शासनको जग स्थानीय तह नै हो । संघीयताले अधिकारको स्रोत स्थानीय तहलाई नै मानेर संघका धेरै अधिकार कटौती गरी उनीहरूलाई अधिकार सम्पन्न बनाएको छ । तर, गत ५ वर्षमा स्थानीय तहले गरेका कामको विश्लेषण गर्दा कुनैकुनै काम उदाहरणीय देखिन्छन् भने कतिपय पालिकाहरूमा विसंगति पनि देखिएका छन् । लोकतन्त्रको विकृतिलाई हटाउन यसको विकल्प खोज्ने होइन, यसलाई अझ बढी अभ्यास गर्दै बढी अधिकार दिँदै जानु हो । यसो गर्दा विकृतिहरूको विरुद्ध स्थानीय नै जागरुक हुन्छन् र तिनमा सुधार ल्याउन पनि प्रयास गर्छन् । ५ वर्षमा केही आधार तय भएको छ, अब निर्वाचित हुने स्थानीय तहका जनप्रतिनिधिले यसलाई थप बलियो बनाउन सक्छन् । तर, त्यसमा संघको हस्तक्षेप भने हुनु हुँदैन । स्थानीय सरकारले संघसँग धेरै अपेक्षा नराखी स्थानीय आवश्यकताअनुसार विकास योजनाहरू तर्जुमा गर्नुपर्छ । स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरी त्यसबाट स्थानीयकै उन्नति गराउने हो । पाँच वर्षको कार्यकाल  आधार खडा गर्न र संघीयताबारे सिक्न बितेको समय हो । त्यसैले यस अवधिमा स्थानीय तहको संरचना बलियो बनाउने लगायतका काम भएका छन् । अब नयाँ नेतृत्वलाई काम गर्न पक्कै पनि केही सहज हुनेछ । स्थानीय तहको निर्वाचन दलीयताका आधारमा हुनु उपयुक्त हो कि योग्य व्यक्ति भए हुने हो भन्ने बहस यसपटकको निर्वाचनमा बढी उठेको छ । मुलुकका केही ठूला पालिकाहरूमा स्वतन्त्र व्यक्तिले दलीय उम्मेदवार बराबरकै चर्चा पाएका छन् । उनीहरू विजयी हुन सक्छन् कि सक्दैनन्, सके भने कसरी काम गर्लान् भन्ने कुरा दोस्रो हो । तर, दलहरू बलिया भएका अवस्थामा यस अघि राजनीतिमा नलागेका व्यक्तिको पनि व्यापक चर्चा हुनु यसपटकको स्थानीय निर्वाचनको एउटा महत्त्वपूर्ण मुद्दा हो । यो मुद्दा आगामी निर्वाचनमा पनि बढ्दै जाने र स्वतन्त्र व्यक्ति निर्वाचित हुन सक्ने सम्भावनालाई औंल्याएको छ । स्थानीय तहको विकासका लागि त्यहीँ भिजेको, त्यहाँको विशेषता थाहा पाएको व्यक्ति हुनुपर्ने आवाजलाई अहिलेको निर्वाचनले केही हदसम्म मलजल गरेको छ । यसले लोकतन्त्रलाई कमजोर होइन, बलियो नै बनाउन मद्दत गर्ने देखिन्छ । निर्वाचनका बेला उम्मेदवारहरूले मोनोरेल, बेरोजगारीको अन्त्यजस्ता राष्ट्रिय स्तरमा हुनुपर्ने कार्यक्रमका मुद्दामा मत मागेको पनि पाइयो । तर, निर्वाचनमा विजयी भएपछि यी मुद्दाभन्दा विकासका स्थानीय मुद्दालाई नै प्राथमिकता दिनेतर्फ लाग्नुपर्छ । प्रत्येक पालिकाहरूका आआफ्नै विशेषता, स्रोत र प्राथमिकताहरू हुन्छन् । स्रोतको परिचालन गर्दा स्थानीय जनताको माग सम्बोधन गर्ने गरी कार्यक्रम लागू गर्नुपर्छ । त्यही भएर पालिकाको परिषद्मा बजेट तथा कार्यक्रम लैजानुपर्ने, त्यहाँबाट पारित गराएर मात्रै योजनाहरू कार्यान्वयनमा लैजानुपर्नेजस्ता व्यवस्था गरिएका हुन् । अहिले जनतासँग प्रत्यक्ष सरोकार राख्ने सार्वजनिक सेवा प्रवाहका लागि संघीय सरकारभन्दा स्थानीय सरकारसँग बढी अधिकार छ । तर, संघीय सरकारले स्थानीय तहलाई जति अधिकार दिनुपर्ने हो त्यो व्यवहारत: नदिएको अवस्था पनि छ । त्यस्तै संघका कर्मचारी र कतिपय विभाग स्थानीय तहलाई दिनुपर्नेमा संघ आफैले राखेको छ जुन संविधानको मर्म र भावनाविपरीत छ । संघीयता त्यतिबेला सफल भएको मानिन्छ, जतिबेला स्थानीय तह सबल र सक्षम हुन्छन् । जनताका आवश्यकता र चाहना स्थानीय तहबाटै पूर्ति हुन्छन् । लामो समयसम्म केन्द्रीयता हावी हुँदै आएको नेपालमा स्थानीय तहले गर्नुपर्ने थुप्रै काम छन् । अहिले देशभरिको शैक्षिक प्रणाली एकै खालको जस्तो छ । उदाहरणको लागि हिमाली क्षेत्रमा स्याउ उत्पादन हुन्छ भने सोही खालको ज्ञान दिने शिक्षा चाहिन्छ । जबकि तराई वा अन्य क्षेत्रमा बसोबास गर्नेलाई त्यस्तो शिक्षाको खासै अर्थ नहुन सक्छ । यस्तो काम स्थानीय सरकारले आफ्नो अनुकूलताको आधारमा तय गरी प्रगतिका पाइला पहिल्याउन सक्छन् ।

सम्बन्धित सामग्री

संघीयता, निर्वाचन प्रणाली र धर्म : कांग्रेस नीति महाधिवेशनका मुख्य मुद्दा

विधानतः महासमिति बैठक भए पनि नीति माथि बहस हुने भएकाले यसको विशेष महत्व रहनेछ । बैठकमा संघीयता, धर्मनिरपेक्षता र निर्वाचन प्रणालीका विविध पक्षमा गहन छलफल हुने अवस्था निर्माण हुँदै गएको देखिन्छ ।

एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधर :  प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । आयोगले आइतबारबाट निर्वाचनको लागि दल दर्ता गर्न आव्हान गरेको थियो । सोही बमोजिम आयोगमा एमाले दर्ता गर्न उनी गएका हुन् । दल दर्ता गर्न आयोग पुगेका उनले सत्तारुढ गठबन्धनमा संघीयता विरोधी […]

संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौँ । संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाले काठमाडौँमा प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् । राप्रपाले यी […]

संघीयता कार्यान्वयनमा प्रतिबद्धता आवश्यक

नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनको अवस्थामा छ। नेपालको संविधान २०७२ ले राज्य पुनःसंरचनाका सन्दर्भमा संघीयतालाई स्वीकार गरेको छ र तीन तहको सरकारको परिकल्पना गरेको छ। तीनै तहको निर्वाचन सम्पन्न भएर संघ, प्रदेश र स्थानीय सरकारहरू गठन भई सञ्चालनमा छन्। अब संघीयता अनुकूलका यी संरचना कार्यान्वयनका लागि सरोकारवालाहरूको भूमिका महत्वपूर्ण छ। यस्ता सरोकारवालामा जनप्रतिनिधि, राजनीतिक […]

संघीयता तर्साउने स्थानीय निर्वाचन

राज्य सञ्चालनको नाममा देशलाई बारम्बार प्रयोगशाला बनाउनुहँुदैन । संघीयताको विषयमा प्रश्न र टीकाटिप्पणी गर्ने अधिकार सबैमा छ, तर संघीयताको विकल्प खोज्ने अधिकार न राज्यसँग न त जनतासँगै छ ।

हेटौंडामा नाम मात्रको प्रदेश निर्वाचन कार्यालय

संघीयता कार्यान्वयनका लागि सरकारी संयन्त्रहरु प्रदेशस्तरमा संचालनका क्रममा हेटौंडामा स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालय नाममा मात्र सीमित भएको छ। ‘प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश हेटौंडा’ नामाकरण गरेर हेटौंडा–५ स्थित सानोपोखरामा...

संघीयता कार्यान्वयन पक्षधर चिन्नुपर्ने बेला आएको छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनको बाधक चिन्नुपर्ने बेला आएको बताएका छन् । आज लुम्बिनी प्रदेश सरकारले राखेको नयाँ वर्षको शुभकामना तथा सञ्चार सबलीकरणको लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सो कुरा बताएका हुन् ।मुख्यमन्त्री केसीले संघीयता कार्यन्वयनको ४ वर्ष पुगेको र यही वर्षभित्र  संविधानअनुसार निर्वाचन हुने हुँदा संघीयता कार्यान्वयनमा बाधक भएको विषयमा पत्रकारहरुलाई समीक्षा गरिदिन आग्रह गरे । उनले संघीय सरकारले प्रहरी तथा कर्मचारी ऐन नदिँ

राष्ट्रिय जनमोर्चा स्थानीय तहको निर्वाचनमा संघीयता खारेजीको नारा लिएर जाने

बुटवल– राष्ट्रिय जनमोर्चा संघीयता खारेजीको नारा लिएर स्थानीय निर्वाचनमा जाने भएको छ। बुटवलमा ‘राष्ट्रिय जनमोर्चाको स्थानीय तह निर्वाचन घोषणा पत्र २०७५’को सार्वजनिक गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ भन्ने नारा लिएर चुनावमा जाने बताए। संघीय शासन प्रणालीको अभ्यासबाट संघीयताका कारण नेपालमाथि आर्थिक बोझ थपिँदै गएका कारण संघीयता खारेज […]