अस्पतालले उपचार खर्च छुट दिएपछि घर फर्किए दुर्गाप्रसाद

२१ पुस, इलाम । उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् । बिना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उहाँलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि […]

सम्बन्धित सामग्री

गंगालाल अस्पतालले नै मिनाहा गर्‍यो राम औतारको अपुग उपचार खर्च, मंगलवार घर फर्किए

काठमाडौं । उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बसिरहेका राम औतार महतो मंगलवार घर फर्किएका छन् । गंगालाल अस्पतालमा मुटुको अपरेसन गराएका राम औतारले एकमुष्ट ५२ हजार रुपैयाँ तिर्न नसक्दा बिहीवारदेखि डिस्चार्ज हुन सकेका थिएनन् । सोमवार उनले ३० हजार रुपैयाँ दिएपछि अपुग २२ हजार रुपैयाँ अस्पतालले अन्य स्रोतबाट पूर्ति गर्ने गरी डिस्चार्ज दिएको राम औतारका छोरा सञ्जिव कुमार महतोले बताए । अस्पतालले १ लाख ५० हजार रुपैयाँ उपचारमा लाग्ने जानकारी गराएको थियो । तर, विभिन्न चेकजाँचहरू र खान बस्नसमेत गर्दा करीब २ लाख रुपैयाँ खर्च निस्केपछि महतोलाई आफ्नै उपचार भारी भएको थियो । उनका १८ वर्षीय छोरा सञ्जिवलाई थप ऋण नपत्याएपछि उनले बुवालाई डिस्चार्ज गराउन सकेका थिएनन् । डाक्टर नर्सले समेत उनलाई अरू विकल्पवारे जानकारी नदिँदा उनी ३/४ दिनदेखि भौतारिरहेका थिए ।  गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई भेट्न सके अपुग रकम कुनै कोषबाट मिलाउन सक्ने जानकारी पाएपछि उनी अधिकारीलाई भेट्न आइतवार दिनभर कुरेका थिए । आइतवार साँझ महोतले कार्यकारी निर्देशकलाई भेटेपछि अधिकारीले 'बिरामीले जे जति रकम दिन सक्छन् लिएर डिस्चार्ज गरिदिनू' भनेर फोनमार्फत निर्देशन दिएका थिए । सोमवार बिहान डाक्टरले फेरि पनि डिस्चार्ज दिन नमानेपछि उनी फेरि कार्यकारी निर्देशकलाई भेट्न गएका थिए । त्यसपछि भने कार्यकारी निर्देशक अधिकारीले महतोलाई एक जना कर्मचारीको जिम्मा लगाएर डिस्चार्जको प्रक्रिया पूरा गर्न निर्देशन दिएका थिए । अस्पतालका कार्यकारी निर्देशक अधिकारीले बिरामी महतोलाई अस्पताल स्रोतबाट २२ हजार र जयन्ति फाउन्डेसनबाट १० हजार गरी ३२ हजार रुपैयाँ मिनाहा गरिदिएको बताए ।  आइतवार र सोमवार व्यस्त हुँदा समयमा बिरामीको समस्या सम्बोधन गर्न नसकिएको उनको भनाइ छ । ‘उपचार खर्च तिर्न नसक्नेलाई खर्च मिनाहा गर्दै आएका छौं । उहाँ (राम औतार)को हकमा म व्यस्त भएकाले अलि ढिलाइ भएको हो,’ उनले प्रष्ट्याए ।  सोमवार प्रक्रिया पूरा गर्न ढिला भएपछि उनी घर जान सकेनन्, गौशालामै बास बसे । मंगलवार दिउँसो उनीहरू महोत्तरीतर्फ प्रस्थान गरेका छन् । यो पनि पढ्नुस् जो उपचार खर्च तिर्न नसक्दा चार दिनदेखि गंगालाल अस्पतालमै अलपत्र छन्

उपचार खर्च बुझाउन नसकेर अस्पतालमा बन्धक भएका युवक १६ महिनापछि घर फर्किए

उपचार खर्च बुझाउँन नसक्दा निको भएर पनि अस्पतालमै राखिएका नवलपरासीका एक युवक १६ महिनापछि शुक्रबार घर फर्किएका छन्। नवलपरासीको प्रतापपुर गोपिगञ्जका २३ वर्षीय सुरज विक २०७४ जेठ १४ गते मोटरसाईकल दुर्घटनामा परी बुटवलको जेनस अस्पतालमा भर्ना भएका थिए ।