कोभिडको कारण म्याद थप गर्न नपाएका उद्योग नवीकरणका लागि उद्योग विभागले म्याद सहुलियत दिने भएको छ।
म्याद थपका लागि उद्योगीले ३० दिनभित्र विभागमा निवेदन दिनुपर्ने बताइएको छ।
कोरोना भाइरस कारण सरकारले २०७८ वैशाख १५ गतेदेखि निषेधाज्ञा लगाएको थियो। त्यसबाट उद्योग विभागबाट हुने सेवा अवरुद्ध भएको थियो। अब सेवाग्राहीहरुले २०७८ कात्तिक १ देखि ३० गतेसम्म विभागमा म्याद थपको लागि निवेदन दिन सक्नेछन्।
जसअनुसार औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्या...