काठमाडौं। काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित व्यवसायका करदातालाई विशेष कर छुट गर्ने भएको छ। महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने महानगर प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।