यसपाली दशैँ ‘हिलाम्मे’ हुने सम्भावना कति ? के भन्छन् मौसमविद् ?

भदौको अन्तिम साताबाट दर्किरहेको झरीले अप्रत्याशित क्षति गरिरहेको छ । तुलनात्मक रुपमा पहिरो र बाढीका जोखिम कम भएका ठाउँहरुमा यसपालीको दशैँ वर्षाले हिलाम्मे बनाउने हो कि भन्ने चिन्ता छ । साउनमा औसत भएको वर्षा भदौको अन्तिम साताबाट एकाएक बढ्यो । नेपालमा सामान्यताय, औसतमा जुन १० मा प्रवेश गरेर सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । तर, अहिले हरेक दिन दर्किने झरी हेर्दा मनसुन अझै केही दिन सक्रिय रहने अनुमान गर्न सकिन्छ । यसपाली जुन ५ मै प्रदेश नम्बर १ हुँदै नेपालमा मनसुन प्रवेश गरेको थियो । त्यस आधारमा सेप्टेम्बर १८ पछि मनसुन निष्क्रिय हुने अनुमान थियो । तर, अझै पनि मनसुन सक्रिय छ ।दशैँ हिलाम्मे हुन्छ ?मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यसपाली मनसुन बाहिरिने मिति तोक्न सकेको छैन । तर, सक्रिय मनसुन अक्टुबर छोएर मात्रै बाहिरिने अनुमान गरिएको छ ।मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै गएपछि र दक्षिण पूर्वी हावा नभई पश्चिमी हावा बहन थालेपछि मात्रै मनसुन हट्दैछ भन्न सकिन्छ । तर, अहिले यस्तो कुनै संकेत देखिएको छैन । त्यसैले, अझै १० दिन जति मनसुन सक्रिय रहने अनुमान गरिएको छ । १० दिन मनसुन सक्रिय रह्यो भने अक्टुबर १ बाट क्रमशः बाहिरिन्छ । यो भनेको फुलपातीको अघिल्लो दिन ।यसपाली विगत वर्षभन्दा बढी वर्षा हुने अनुमान गरिए अनुसार नेपालमा अक्टुबर २ सम्म मनसुन रहन सक्ने अनुमान भएको थियो । सोही मितिलाई औसत मिति मानेर एक वा दुई दिन अघि पछिबाट मनसुन बाहिरिन सुरु गर्ने अनुमान गरिएको  मौसमविद् सञ्जीव अधिकारी बताउँछन् ।सेप्टेम्बर २७ अर्थात् असोज ११ गतेसम्म देशभर मौसम सामान्य बदली रहने छ ।फुलपातीको दिनबाटै मनसुन बाहिरिन सुरु गर्यो भने पनि दशैँको टिकाको दिनतिर बाट मात्रै खुला हुनेछ ।

सम्बन्धित सामग्री

दशैँको टीकासम्म नै पानी पर्ने सम्भावना छैन : मौसमविद्

काठमाण्डाै -‍ यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ । तर, यसबीचमा पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो । जाडोयाम शुरु भइसकेकाले चिसो भने बिस्तारै...

देशभर चिसो बढ्यो, मौसमविद् भन्छन् : यो हप्ता यस्तै रहन्छ

११ कात्तिक, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताए । पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो बढेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा […]

आज साँझदेखि वर्षा कम हुन्छ : मौसमविद्

१८ साउन, काठमाडौं । हिजो अस्तीको तुलनामा आज साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमतिर भने हिजो अस्तीको तुलनामा एक-दुई दिन बढी पानी पर्ने छ । मौसमविद् बिनु महर्जनका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भूभागमा सरदर स्थानमा अवस्थित छ […]

एक–दुई दिनमै वर्षा हुन्छ : मौसमविद्

काठमाडौँ । मौसमविद्हरुले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । आज (मंगलबार) जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले मनसुनको न्यून चापीय रेखा एक, दुई दिन भित्रमै सक्रिय हुने र वर्षा हुने बताएकी छन् । ‘मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि गर्मीको अनुभव हुन्छ । यो दुई […]

एक–दुई दिनमै वर्षा हुन्छ : मौसमविद्

३ साउन, काठमाडौं । मौसमविद्हरुले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले मनसुनको न्यून चापीय रेखा एक, दुई दिन भित्रमै सक्रिय हुने र वर्षा हुने बताएकी छन् । ‘मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि […]

आजबाट मौसममा सुधार हुन्छ, धेरै ठाउँमा घाम लाग्छ : मौसमविद्

४ कात्तिक, काठमाडौं । आजबाट मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले बिहीबारदेखि मौसममा सुधार हुँदै जाने बताएका हुन् । ‘अर्को प्रणाली नआएसम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना छैन’ मौसमविद् पौडेलले भने, ‘पानी पार्ने प्रणाली बाहिरिसकेको छ । आजबाट धेरै ठाउँमा घाम लाग्छ ।’ पहाडी भूभागमा छिटपुट बादल देखिए पनि त्यो […]

तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्

केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिए । “यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ”, मौसमविद् कँडेलले रासससँग भने, “त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ ।” केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उनको भनाइ छ । मनसुन शुरु हुने औस

तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्

काठमाडौं। केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन्। यसवर्ष सुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिए। " वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ। त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ," मौसमविद् कँडेलले बताए।रासस

मौसम बद्ली भए पनि पानी नपर्ने, तत्काल मौसममा सुधार नआउने : मौसमविद्

काठमाण्डाै - देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् विभूति पोखरेलले आउँदो तीन दिनसम्म देशभरको मौसम बद्ली हुने बताउनुभयो । तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले पानी पर्ने सम्भावना भने नभएको मौसमविद् पोखरेलले बताउनुभयो । आज देशका उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको छ । यो वर्षको जाडो सकिँनै लाग्दा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन । माघ महिनाको मध्यतिर देशका केही ठाउँमा हल्का पानी परे पनि पर्याप्त पानी पर्न नसकेको हो । मौसमविद् पोखरेलले तत्काल ठूल...

आज देशभरको मौसम बद्ली : मौसमविद्

काठमाण्डाै - आज देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार अझै एक/दुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । आउँदो आइतवारसम्म नै देशभर बद्ली हुने र सोमवारदेखि मौसम खुल्ने अनुमान गरिएको छ । सोमवारदेखि भने बिस्तारै गर्मी सुरु हुने मौसमविद् पौडेलले बताउनुभयो । यस्तै, आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।