न्यूनतम पौने अर्ब रुपैयाँ मूल्यबराबरको सात सय ८२ रोपनी सरकारी सार्वजनिक जग्गा व्यक्तिका नाममा लगेको भन्दै त्यसमा संलग्न तीन सय ५९ व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा...
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार काठमाडौँ जिल्ला अदालतमा किर्ते कसुरमा मुद्दा दायर गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनको सिफारिसका आधारमा सरकारी वकिलले उक्त कसुरमा मुद्दा दायर गरेको हो । सरकारी लिखत तथा दस्तखत किर्ते गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा दुई …
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितताको प्रतिवेदन अनुसार १९ वर्षमा १ सय ४३ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । जग्गा अनियमितता प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बुझाएको प्रतिवेदनमा २ सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय पनि दिएको छ । मंगलबार सिआइबीले जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको …
सरकारी जग्गा सुवर्णशमशेरको परिवारको नाममा लैजान सहयोग गर्ने १० कर्मचारी र दुई बिचौलियाले बकसका रूपमा लिएका थिए प्रतिव्यक्ति पाँच रोपनीसम्म घुस
ललितानिवास क्याम्पको एक सय ४३ रोपनी जग्गा हिनामिना गर्दा कर्मचारी...
उपत्यकाका बागमती, गोदावरी, विष्णुमती, धोबीखोला, मनोहरा तथा बल्खु खोला किनारामा लामो समयदेखि सरकारी जग्गा अतिक्रमण गरी सुकुमबासी बसोबास गर्दै आएका छन्।...
काठमाडौं, बैशाख १३। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो प्रकरणमा विभिन्न सेटिङका आधारमा शृंखलाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको खुलासा भएको छ । तत्कालीन […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो प्रकरणमा विभिन्न सेटिङका आधारमा शृंखलाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको खुलासा भएको छ ।तत्कालीन नगर विकास समितिले सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीनवटा मुद्दा दर्ता गर
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ सय जना भन्दा बढी विरुद्ध जिल्ला अदालत काठमाडौं जारी गरेको पक्राउ पूर्जी बुझेको छ । सरकारी कागजात किर्ते गरेको अभियोगमा उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा उक्त पूर्जी सीआइबीले बुझेको हो । सरकारी जग्गा जफत फिर्ताको नाममा व्यक्तिको […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई सय जनाभन्दा बढीसँग बयान लिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकामा सयौँ बिघा जग्गा गैर कानुनी रूपमा बिक्री वितरण गरेको, लिजमा दिएको, अतिक्रमण गरेको विषयमा अख्तियारको विशेष टोलीले स्थलगत अध्ययन, प्रमाण सङ्कलन र जग्गा दुरुपयोगमा जोडिएका व्यक्तिसँग बयान लिएको हो । विभिन्न समयमा नगर विकास समितिका अध्यक्ष, कर्मचारी, जमिन […]