मधेस प्रदेशको प्रदेशसभा बैठक चौथो पटक पनि स्थगित भएको छ । बुधवार १ बजेका लागि बोलाइएको बैठक स्थगित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । अब शुक्रवार २ बजे बोलाइएको प्रदेशसभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।यस अघि फागुन २२ गते बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित भएको छ । यसअघि फागुन १ गते, फागुन १० गते र फागुन २२ गते बोलाइएको बैठक स्थगित गरिएको थियो । फागुन १ गते जनयुद्ध दिवस मनाउन ने