प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । बुधवार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री नवल किशोर साहले सरकारले ल्याएको अध्यादेश पेश गर्न लाग्दा बैठक अवरुद्ध गरिएको हो । लोसपाका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै पार्टीले बैठक अवरुद्ध गरेको जानकारी दिए ।लोसपाले अध्यादेश पेश गर्न नदिएपछि सभामुख सरोज यादवले प्रदेशसभा बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका थिए। प्रदेश सरकारले केही स