एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलको आयोजनामा एक अन्तरक्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशस्तरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको सुरुवात सुदूरपश्चिम प्रदेशको धनगढीबाट गरिएको समेत जानकारी दिएको छ ।कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीको भनाइ छ ।

सम्बन्धित सामग्री

एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । क्यापिटलले डियरवाक ग्रुप लिमिटेड अन्तर्गत रहेका डियरवाक कम्पवेयर लिमिटेड र सिफल स्कुल लिमिटेडका कर्मचारीसँग यस विषयमा छलफल गरेको हो । कार्यक्रममा  सहभागीलाई नेपालको धितोपत्र बजार, खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड र खुलामुखी योजनाअन्तर्गत रहेको व्यवस्थित लगानी योजनासम्बन्धी जानकारी गराइएको थियो । कार्यक्रममा क्यापिटलले हाल प्रदान गरिरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा र बजारका विभिन्न लगानी उपकरणको बारेमा समेत छलफल भएको थियो ।

एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा पोखरामा अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीले स्थानीय लगानीकर्ताको विभिन्न जिज्ञासा सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामका बारेमा समेत छलफल गरे ।कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि […]