उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन बुधबार राजपा–कांग्रेस सहमतिको अन्तिम प्रयास बालुवाटारमा सुरु भएको छ। बैठकमा राजपा शीर्ष नेताहरु महन्त ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव छन्। बिमलेन्द्र निधि र राजेन्द्र महतोको निर्वाचन क्षेत्रबारे दुई पार्टीबीच विवाद छ। पछिल्लोपटक निधि निर्वाचित भएका धनुषा–३ मा महतोले दावी गरेका छन्। धनुषा– ३ लगायत अन्य केही…