यतिखेर सिंगो मुलुकको सम्पूर्ण ध्यान आगामी आर्थिक वर्ष २०८०–८१ सालको बजेट निर्माणमा केन्द्रित हुनुपर्थ्यो । अर्थतन्त्र जस्तो जोखिमपूर्ण अवस्थामा छ, देशलाई यो सङ्कटबाट उकास्ने उपाय निकाल्न यहाँ क्रियाशील सबै साना–ठूला, आफूलाई जिम्मेवार भन्ने दलहरूको राजनीतिक ऊर्जा खर्च हुनु आवश्यक थियो ।