नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी ठिक कि बेठीक भनेर भन्न नसक्ने एमाले कस्तो पार्टी हो भनेर प्रश्न गरेका छन् । शुक्रबार राजधानीमा नेकपा एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनले आयोजना गरेको एमसीसीबारेको खुला बहसमा श्रेष्ठले एमसीसीबारे धारणा सार्वजनिक गर्न पनि शर्त राखेको भन्दै आश्चर्य प्रकट गरे ।संसद सूचारु भएपछि मात्र एमसीसीबारे धारणा बनाउने भनेर एमालेले शर्त राखेको उनले सुनाए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँ