कांग्रेसले फेरि सार्यो महाधिवेशन, नयाँ मिति मंसिर २७-२९

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले महाधिवेशनको मिति फेरि पछि सारेको छ।परिवर्तित कार्यतालिकाअनुसार अब कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर २७-२९ गतेसम्म गर्ने छ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले महाधिवेशनको मिति सारेको हो।कांग्रेसले रसुवा, बारा र रौतहट जिल्लामा क्रियाशील सदस्यको सूचीसमेत जारी गर्न सकेको छैन।सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा कांग्रेसले वडास्तरीय अध

सम्बन्धित सामग्री

कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म

काठमाण्डाै – नेपाली कांग्रेसले चुनावमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आउँदाे माघ १५ गतेसम्म निर्धारण गरेको छ । गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा अन्तर्घात गर्नेको उजुरी पठाउने समय यसअघि यही पुस १५ गतेसम्म निर्धारण गरेकामा पार्टीका स्थानीय तहबाट म्याद थप्नुपर्ने सिफारिसअनुसार अवधि थप गरिएको पार्टी कार्यालयले आज बुधवार जनाएको छ । कांग्रेसले चुनावमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी प्रदेश एवम् जिल्ला अनुशासन समितिबाट...

कांग्रेसले गर्‍याे संसदीय दलको निर्वाचन तालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चुनावकाे मिति ताेकेकाे छ । कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचनकाे मिति ताेकेकाे हाे । आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हाे । त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ […]

कांग्रेसको १६ जिल्लाको अधिवेशनको मिति फेरी सारियो

काठमाडौं, २१ पुस । सत्तारुढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरी सारेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकको निर्णयअनुसार माघ १५ गतेको लागि अधिवेशनको मिति पुनः सारिएको हो । यसअघि पुस २७ गते बाँकी रहेका १६ जिल्लाको अधिवेशन तोकिएको थियो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, […]

कांग्रेसले तोक्यो १६ जिल्लाको अधिवेशन मिति

नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशनको मिति तय गरेको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले पुस २७ गतेका लागि बाँकी १६ जिल्लाको अधिवेशन मिति तोकेको हो।सप्तरी, सिरहा, धनुषा, महोत्तरी,...

कांग्रेसले १६ जिल्लामा अधिवेशन मिति ताेक्याे

काठमाण्डाै – नेपाली कांग्रेसले जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा आउँदो पुस २७ गते अधिवेशन गर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज साेमवार बसेको बैठकले जिल्ला कार्यसमिति चयन गर्न बाँकी जिल्लामा २७ गते अधिवेशन गर्ने निर्णय गरेको समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो । प्रदेश २ का आठ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनको मिति फेरि सार्ने तयारीमा नेपाली कांग्रेस

काठमाण्डाै – नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति फेरि सार्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच हिजो भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो । बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको छ । कांग्रेसको निर्वाचन समितिले १३ जिल्लामा वडा अधिवेशन नभएकाले तिहारअघि नै ती जिल्लामा वडा अधिवेशन गर्ने वातावरण बनाउन नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । कांग्रेसले अहिलेसम्म ७७ जिल्लामध्ये ६४ जिल्...

महाधिवेशनको मिति अब सर्दैनः महामन्त्री कोइराला

दाङ – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसको महाधिवेशनको मिति अब नसर्ने बताएका छन्। दाङको रामपुरमा शनिबार आयोजित श्रद्धाञ्जली सभामा उनले कांग्रेसको महाधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिने बताएका हुन्। ‘अब महाधिवेशनको मिति सर्दैन, निर्धारित समयमा सबै अधिवेशन सम्पन्न हुन्छन्’, उनले भने, ‘कांग्रेसले महाधिवेशनबाट नयाँ ऊर्जा पाउँछ।’ उनले राजनीति जनता र देशको हितमा गर्नुपर्ने बताएका […]

एमाले र कांग्रेसको महाधिवेशन जुध्यो : एउटै मिति, एउटै स्थान तय

नेपालका प्रमुख ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको मिति जुधेको छ । कांग्रेसले आगामी मंसिर ९–१४ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिसकेको अवस्थामा मंगलवारको एमाले स्थायी कमिटी बैठकले मंसिर १०–१२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । दुवै पार्टीको महाधिवेशन काठमाडौंमै हुनेछ । देशभरका प्रतिनिधि सहभागी हुने महाधिवेशन दुवै पार्टीले एकै समय र स्थानमा गर्न लागेका छन् । कोरोना भाइरस संक्रमणको महामारीका कारण भौतिक दूरी र भीडभाड गर्न नहुने अवस्थामा राजधानीजस्तो भीडभाड बढी ...

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै : महाधिवेशनको नयाँ मिति तय गर्ने

काठमाण्डाै – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पर्सि ७ गतेदेखि १० गते सम्म हुने भनिएको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्न कांग्रेसले बैठक बोलाएको हो । केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्न केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । प्रतिनिधि सभा विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि मात्रै राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि नयाँ मिति तय गर्ने अथवा अगाडि नै...

कांग्रेस केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति परिमार्जनबारे छलफल हुने

कांग्रेसले ७ देखि १० फागुनसम्मका लागि आह्वान गरेको १४औँ महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो