काठमाण्डाै - नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । आजदेखि एक महिनासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सडक खण्डमा गाडीको आवागमन रोकिने छ । सडक खण्डमा पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले गाडीको आवागमन रोक्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोलामा पुल बनाउनका लागि पहाड काट्नेलगायतका काम हुनेछ । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार न...