चितवन- नारायणगढ–मुग्लिन सडक खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले आजदेखि सवारी रोक्न लागिएको हो ।
सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी ...