राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने नेविसंघका एक नेता पक्राउ

काठमाडौँ। राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने  नेपाल विद्यार्थी संघ (नेविसंघ)का एक विद्यार्थी नेता पक्राउ परेका छन् । संसद् विघटनको विरोधमा प्रदर्शन गरेको अभियोगमा मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी पक्राउ परेका हुन् । त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेकोले पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ […]

सम्बन्धित सामग्री

शान्ति समाजले राष्ट्रपति र प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने

काठमाडौं– मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने भएको छ । कुशासन र दण्डहीनताविरुद्ध समाजले असोज २१ गतेदेखि १० बुँदामा केन्द्रित रहेर देशव्यापी अभियान थाल्न लागेको हो । देशका अरू विभिन्न जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा प्रदर्शन गरिने समाजले जनाएको छ ।  १. चुलिँदो भ्रष्टाचार, दण्डहीनता र […]

श्रीलंकामा गहिरिँदै संकटः राष्ट्रपति र प्रधानमन्त्री निवासमा आक्रोशित भिड

काठमाडौं । आर्थिक संकट बढ्दै जाँदा श्रीलंकामा राजनीतिज्ञप्रति आक्रोशित प्रदर्शनकारीको भिड शनिबार दिउँसो राष्ट्रपति निवास र साँझ प्रधानमन्त्री निवासमा प्रवेश गरेको छ । हजारौं सुरक्षाकर्मीहरूको अवरोधलाई छिचोल्दै प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्री निवासमा प्रवेश गरेका हुन् । प्रदर्शनलाई मध्यनजर गर्दै सरकारी अधिकारीहरूले शुक्रबारदेखि निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीहरूले त्यसलाई उल्लंघन गर्दै राजधानी कोलम्बोमा विरोध प्रदर्शन गरेका […]

‘ऋणको पासो’ मा परेको श्रीलंकामा सरकारविरोधी प्रदर्शन चर्कियो

एजेन्सी, २० वैशाख । आर्थिक संकटमा परेको श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन चलिरहेको छ । सोमबार २४औं दिन पनि राष्ट्रपतिको सचिवालय बाहिर प्रदर्शन चलेको हो । सदनमा सरकारविरुद्ध अविश्वासको प्रस्तावको विषय उठिरहेको छ । योसँगै त्यहाँ प्रदर्शन चर्किएको छ । प्रदर्शनमा हजारौं सहभागी हुने गरेका छन् । उनीहरुले राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको राजीनामा माग्दै […]

हिंसात्मक प्रदर्शनपछि ट्यूनिसियाका प्रधानमन्त्री बर्खास्त

एजेन्सी। देशैभर हिंसात्मक प्रदर्शन चर्किएपछि ट्यूनिसियाका प्रधानमन्त्री हिसेम मेशीशी बर्खास्त भएका छन्। राष्ट्रपति काइस साइदले प्रधानमन्त्रीलाई पदमुक्त गर्दै संसद्‌ निलम्बन गरेका छन्। सरकारले प्रभावकारी रूपमा कोभिड महामारी नियन्त्रण गर्न नसकेको भन्दै दशौं हजारले प्रदर्शन गरेका थिए। देशमा शान्ति ल्याउन चाहेको भन्दै राष्ट्रपति साईदले नयाँ प्रधानमन्त्रीको सहयोगमा आफूले नेतृत्व लिने बताएका छन्। विपक्षीहरूले उनको कदमलाई'कू'को संज्ञा दिएका छन्।

प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धनका भातृसंगठनद्वारा प्रदर्शन

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा जनकपुरधाममा विपक्षी पाँच दलीय गठबन्धनका भातृसंगठनले प्रदर्शन गरेको छ।जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको विरोध र्‍यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध संयुक्त विद्यार्थी संगठनको अगुवाइमा नाराबाजी गरिएको थियो।संयुक्त विद्यार्थी संगठनमा नेविसंघ धनुषा, अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियू धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायतका संगठनले ओलीविरुद्ध प्रदर्शन गरेका हुन्।सोही क्रममा प्रधानमन्त्र

धनगढीमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध मसाल जुलुस

११ जेठ, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल कैलालीले धनगढीमा राँके जुलुससहित प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन गरेको जनाएको छ । तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बमले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको […]