राजकुलो बनेपछि रोपाइँको चटारो

गत कात्तिकमा अविरल वर्षासँगै आएको बाढीले घर भित्र्याउनै लागेको धान बाली तहसनहस बनायो । धानसँगै खेतबारी पनि बगायो । बाढीले तातोपानी र तिलाका १३ वटा सिँचाइ योजना बगाएको थियो । जसका कारण किसानहरू यो वर्ष धान खेती गर्ने या नगर्ने भन्नेबारे अन्योलमा थिए । तर तातोपानी–१ स्थित रानी जिउलोमा सिँचाइ कुलो मर्मत भएपछि किसानलाई अहिले रोपाइँको चटारोले छोएको छ ।