झापा– झापाका दक्षिण क्षेत्रका सामुदायिक वनले व्यावसायिकरूपमा बेसार खेती सुरुआत गरेका छन् । कचनकवल र हल्दीबारी गाउँपालिकाभित्र रहेका १४ सामुदायिक वनमध्ये पाँचवटाले बेसार खेती गरेका हुन् । वनभित्र रहेको माइकेनियाँ झार फाँडेर बेसार खेती गरिएको सामुदायिक वन महासंघ कचनकवल गाउँपालिकाका अध्यक्ष भीम लुइँटेलले बताए । उनले कचनकवलभित्र रहेका तीनवटा सामुदायिक वन उपभोक्ता समितिले छ हेक्टर […]