काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ बाट राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला सर्वसम्मत सिफारिस भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको तर्फबाट महामन्त्री बर्तौला सिफारिस भएका जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।
यसअघि, पार्टीले मकवानपुर क्षेत्रनम्बर १ बाट पार्टी अध्यक्ष कमल थापालाई एकल सिफारिस गरेको थियो...