विराटनगरमा मोफसलमै पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ । संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते सो महोत्सव हुन लागेको हो । २ दिनसम्म चल्ने महोत्सव अन्र्तगत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन हुने कार्यक्रम छ । आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्म