काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे खाना पकाउने ग्यास विस्फोट हुँदा गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भए । हरिकलाको बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा निधन भयो । स्वास्थ्य अवस्था जटिल रहेका चन्द्रलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।