धनकुटा : आगामी वैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन धनकुटाका राजनीतिक दलहरु सक्रिय भएका छन्।धनकुटा जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका सहित ६० वटै वडाहरुमा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको स्थानीय तहको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ।धनकुटामा एमाले एकातिर र सरकारमा रहेका गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी एकातिर हुने निश्चित भएको छ।हुन त जिल्लामा