जाजरकोटको ८२ किलोमिटर खण्डभित्र पर्ने मन्ताभीर निर्माण नहुँदा मध्यपहाडी लोकमार्गको निर्माण कार्य अधुरो भएको छ । लथालिंग तरिकाले सडक निर्माण गर्दा तोकिएको समयमा काम हुुन नसकेको हो । अधिकांश ट्रयाक खोलिसकेको अवस्थामा लामो समयदेखि मन्ताभीर फोड्ने काम पूरा नहुँदा समस्या हुँदै आएको छ । जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने उक्त भीर कटानको काम गर्न थालेको १२ […]