‘महापुरुष’ ट्रेलर समीक्षा : एकल पिताको अव्यक्त कथा

काठमाडौं । ‘आमा पनि बा, बा पनि बा’ । हास्य-विनोद भरिपूर्ण यो संवादसँगै समाजको कुनै अँध्यारो कुनामा विलुप्त एकल पिताको कथा, जसको संवेदनाले मनलाई ऐंठन पार्छ । आफ्ना लालाबालाको सुरक्षित, सुखी र सुन्दर जीवनका लागि आफूलाई रित्याइरहेका पिताले जिन्दगीको उत्तराद्र्धमा पुगेपछि किन सम्बन्धका नयाँ आयाम खोज्छन् ? कठिनतापूर्वक गुज्रिने चिसा रातहरुमा किन न्यानोपनको चाह राख्छन् […]

सम्बन्धित सामग्री

अब कर्जा लगानी बढ्छ : गभर्नर अधिकारी

काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लचिलो मौद्रिक नीति अवलम्बन गरिरहेको भन्दै अब कर्जा लगानी बढ्ने दाबी गरेका छन् । बुधवार प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा उनले मौद्रिक नीतिको लचिलो कार्यदिशा र तरलतामा आएको सुधारले अल्पकालीन तथा दीर्घकालीन ब्याजदर घटिरहेको बताए । सोहीकारण निजीक्षेत्रमा कर्जा प्रवाह बढ्ने उनको भनाइ छ । गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा गएको कर्जा गत आर्थिक वर्ष (आव)को पहिलो तीन महीनाको तुलनामा चालू आवको सोही अवधिमा १०९ अर्ब रुपैयाँले बढेको बताए । यस्तै अन्तरबैंक ब्याजदर पनि गतवर्षको असोजमा २ दशमलव २६ प्रतिशत रहेकोमा अहिले घटेर १ प्रतिशत हाराहारीमा रहेको र आधारदर घटेर ९ दशमलव ९४ प्रतिशतमा आएको बताए । चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आकलन गरिएको उनको भनाइ छ । चालू आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू भएकाले उक्त अंकको आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको उनले बताए । गभर्नर अधिकारीले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको बताए । बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको पनि उनको भनाइ छ । लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्ममा १ दशमलव ७ प्रतिशतले बढेकोमा कात्तिकमा ३ दशमलव ८ प्रतिशतले बढेको र व्यापार घाटा ३ दशमलव ३ प्रतिशतले घटेको उनले बताए । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ब्याजदर एकल अंकमा ल्याउँदा टिकाउन नसकिने बताए । अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले पेश गरेको तथ्यांक अनुसार २०८० असोजसम्ममा विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेकाले चालू खाता ५९ अर्ब रुपैयाँले बचतमा छ । राष्ट्र बैंकले बाह्य क्षेत्रको स्थायित्व, बैंक तथा वित्तीय क्षेत्रको सुदृढीकरण र बजार मूल्य स्थिर राख्ने काममा सजग भएर काम गरिरहेको उनले बताए । ‘यी तीन विषयमा स्थायित्व दिन सके मात्र समग्र अर्थतन्त्रमा स्थायित्व कामय हुनेछ,’ उनले भने । निर्माण उद्योगमा आएको समस्याले उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्न नसक्दा कर्जाको मागमा कमी आएको उनले बताए । गभर्नर अधिकारीले मौद्रिक नीतिको समीक्षामा भइरहेको ढिलाइबारे पनि अर्थ समितिमा स्पष्टीकरण दिएका छन् । अर्थसचिव देशबाहिर रहेकाले मौद्रिक नीतिको समीक्षामा ढिलाइ गरिएको उनले बताए । ‘अर्थ मन्त्रालय र गभर्नरको सम्बन्ध बिग्रिएको भन्ने हल्ला छ,’ उनले भने, ‘अर्थसचिव पनि नेपालमा हुनुहुन्न । सोहीकारण उहाँ बैठकमा सहभागी हुनुहुन्न । मौद्रिक नीतिको समीक्षा अर्थसचिव नभए पनि बोर्ड बैठकबाट पारित गर्न मिल्छ, तर सम्बन्ध बिग्रिरहेको भन्ने हल्लाको समयमा किन मौद्रिक समीक्षा ल्याउनु भनेर ढिलाइ गरिएको हो ।’ नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ब्याजदर एकल अंकमा ल्याउँदा टिकाउन नसकिने बताए । ब्याजदर एकल अंकमा आउनासाथ आयात बढ्ने र यसले विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने उनको भनाइ छ । ब्याजदर एकल अंकमा आउँदा घरजग्गालगायत सम्पत्तिको मूल्य बढ्ने र यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने पनि उनले बताए । नेपालको आन्तरिक उत्पादन कमजोर रहेकाले एकल अंकमा ब्याजदर ल्याउँदा फाइदा नहुने उनको भनाइ छ ।

मन्दीमा भासियो युरोजोन, लगातार दुई त्रैमासमा अर्थतन्त्र माइनसमा

काठमाडौं । युरोजोनको अर्थतन्त्र मन्दीमा गएको छ । महँगीका कारण उपभोक्ता खर्च खुम्चिएपछि यो वर्षको पहिलो त्रैमासमा एकल मुद्रा यूरो प्रयोग गर्ने यूरोपका २० देशहरूको समग्र अर्थतन्त्र जनवरी-मार्च त्रैमासमा शून्य दशलमव १ प्रतिशत खुम्चिएको संसोधित तथ्यांकले देखाएको छ ।  यसअघि सन् २०२२ को अन्तिम त्रैमासमा पनि यूरोजोनको अर्थतन्त्र माइनसमा थियो । लगातार दुई त्रैमाससम्म कुनै अर्थतन्त्र खुम्चियो भने त्यसलाई आर्थिक मन्दी मानिन्छ । महँगो ऊर्जाका कारण खाद्यान्नको भाउमा भएको वृद्धिले घरपरिवार मारमा परेसँगै युरोजोनको आर्थिक गतिविधि खुम्चिएको हो ।  सन् २०२३ को पहिलो तीन महीनामा घरपरिवारको खर्च शून्य दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो त्रैमासमा यो कमी १ प्रतिशत थियो । प्रारम्भिक तथ्यांकले भने अर्थतन्त्र मन्दी छल्दै शून्य दशमलव १ प्रतिशतले बढेको देखाएको थियो । तर, युरोस्ट्याटको संशोधित तथ्यांकको नतिजा उल्टो आएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीका कारण मन्दी निम्तिएको हो ।  समीक्षा अवधिमा जर्मन अर्थतन्त्र मन्दीमा गएको छ । मार्च त्रैमासमा जर्मन अर्थतन्त्र शून्य दशमलव ३ प्रतिशतले खुम्चिएको छ । रुसले युक्रेनमा आक्रमण गरेयता इन्धनको मूल्य वृद्धिका कारण गएको वर्षको शुरुयता समग्र यूरोपेली अर्थतन्त्र समस्यामा छन् । आयरल्यान्डको अर्थतन्त्र मार्च त्रैमासमा ४ दशमलव ६ प्रतिशतले खुम्चिएको छ । लिथुआनियाको अर्थतन्त्र पनि ३ दशमलव ७ प्रतिशतले खुम्चिएको छ । एजेन्सी

छात्राको आत्महत्यापछि पक्राउ परेका डीआई धरौटीमा छुटे

काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका त्रिपुरेश्वरस्थित विश्व निकेतनका अनुशासन परामर्श विभाग (डीआई) प्रमुख नवराज लोहनीलाई ललितपुर जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण श्रेष्ठको एकल इजलासले मंगलबार उक्त आदेश गरेको हो । त्यसअघि उक्त स्कुलको कक्षा ११ मा अध्ययनरत १७ वर्षीया समीक्षा चौधरी गत मंसिर २१ गते ललितपुरको सानेपास्थित डेरा […]

एमालेको ग्रासरुट अभियानको समीक्षाः ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ

नेकपा एमाले निकट बुद्धिजीवी परिषद्ले पार्टीले सुरु गरेको ‘मिसन ग्रासरुट अभियान’को काठमाडौंमा शुक्रबार समीक्षा गरेको छ । परिषद्को आयोजनामा अभियानको समीक्षा गरेकोे थियो ।

भारतमा २९ महीनाकै न्यून स्तरमा ओर्लियो थोक महँगी, ६ महीनादेखि एकल विन्दुमा

काठमाडौं । भारत (India) मा थोक महँगी घटेको छ । मार्चमा त्यहाँ थोक मूल्य सूचकमा आधारित मुद्रास्फीति (WPI) १ दशमलव ३४ प्रतिशतमा आएको छ । फेब्रुअरीमा भने यो सूचक ३ दशमलव ८५ प्रतिशतमा थियो । डब्ल्यूपीआई सूचकांक यो स्तरमा आएको यो सन् २०२० यता (२९ महीना)कै पहिलो पटक हो । त्यति बेला सूचक १ दशमलव ३१ प्रतिशत थियो । अघिल्लो महीना भने उच्च बेस इफेक्टका कारण सूचक उच्च देखिएको थियो । सन् २०२२ को मार्चमा कारखाना गेटको मुद्रास्फीति (Inflation) १४ दशमलव ६३ प्रतिशत थियो । भारतमा १८ महीनासम्म थोक महँगी दोहोरो अंकमा थियो । तर, लगातार ६ महीनादेखि यो एकल अंकमा रहँदै आएको छ । सन् २०२० अक्टोबर मा सूचक १ दशमलव ३१ प्रतिशतमा थियो ।  वाणिज्य तथा उद्योग मन्त्रालयले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार केमिकल, फर्मास्युटिकल र सिमेन्टजस्ता सामानको मूल्य घट्दा उत्पादित वस्तुको मूल्य वृद्धि माइनस शून्य दशमलव ७७ प्रतिशतले खुम्चिएको छ । अघिल्लो महीना यो १ दशमलव ९४ प्रतिशतले बढेको थियो । उत्पादित खाद्य वस्तुको भाउमा माइनस २ दशमलव ९६ प्रतिशतको कमी देखिएको छ । कागज र काठको भाउ (price) पनि क्रमशः १ दशमलव शून्य १ प्रतिशत र शून्य दशमलव ८३ प्रतिशतले खुम्चिएको थियो । मूल्य संकुचनको प्रवृत्ति टेक्सटाइल र फ्याट्समा पनि थियो । टेक्सटाइल र धातुको भाउमा आएको आएको तीव्र कमीले गर्दा झन्डै तीन वर्षमा पहिलो पटक उत्पादित वस्तुमा अपस्फीति देखिएको छ ।  तर, उत्पादित खाद्य वस्तु बाहेकको खाद्य मुद्रास्फीति फेब्रुअरीको ३ दशमलव ८१ प्रतिशतबाट बढेर मार्चमा ५ दशमलव ४८ प्रतिशतमा पुगेको छ । गेडागुडीको भाउमा आएको कमीका कारण यस्तो भएको बताइएको छ । समीक्षा अवधिमा अन्न, धान, गहुँ, दूध र फलफूलको भाउ भने सुस्ताएको छ । मार्चमा खुद्रा महँगी घटेको तथ्यांक आएलगत्तै थोक महँगी पनि सुस्त भएको तथ्यांक आएको छ । सन् २०२३ मा पहिलो पटक भारतमा थोक महँगी केन्द्रीय बैंकले तोकेको सहन सक्ने सबैभन्दा माथिल्लो स्तरबाट तल झरेको छ । ६ प्रतिशत थोक महँगीलाई रिजर्भ बैंक अफ इन्डिया (RBI) ले सहन सक्ने माथिल्लो तह भनेको छ । अप्रिलको नीतिगत बैठकमा आरबीआईको मौद्रिक नीति समितिले सर्वसम्मतरूपमा ब्याजदर साढे ६ प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको थियो । तर, ब्याजदरको चक्र उच्चतम् स्तरमा पुगिसकेको छ भन्ने समितिका सदस्यहरूले स्वीकार गर्न मानेका थिएनन् । एजेन्सी

काठमाडौं महानगरको उम्मेदवारलाई लिएर विवेकशील साझामा विवाद

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुखमा समीक्षा बाँस्कोटा र उपप्रमुखमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने घोषणासँगै विवेकशील साझा पार्टीमा विवाद बढेको छ।महानगरको उम्मेदवार केन्द्रीय समितिले तय गर्ने पार्टीले निर्णय गरे पनि रवीन्द्र मिश्रले एक पक्षीय रुपमा आफू निकटलाई उम्मेदवार बनाएको भन्दै विवाद बढेको हो। पार्टीमा छलफलबिना र काठमाडौं जिल्ला संयोजकलाई समेत जानकारी नदिई मिश्रले एकल निर्णयबाट उम्मेदवार घोषणा गरेको सञ्चार विभाग प्रमुख प्रकाशचन्द्र परियारले बताए।पार्टीका प्रवक्ता शरदराज पाठकले सोमवा

गभर्नरलाई चेम्बरको सुझाव : ब्याजदर बढ्यो, एकल अंकमा झारियोस्

बैंकहरुको ब्याजदर बढ्दै गएपछि नेपाल चेम्बर अफ कमर्सले गभर्नर महाप्रसाद अधिकारीसमक्ष एकल अंकमा झार्न सुझाव दिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा हुनुअघि चेम्बरले अधिकारीलाई भर्चुअल रुपमा विभिन्न सात बुँदे सुझाव दिएको छ । चेम्बरका तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले आर्थिक वृद्धि र स्थायित्वका लागि पनि एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताए ।