जिल्ला अस्पतालमा आइतबारदेखि शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीको अभावमा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएको हो । जसका कारण सल्यानसहित रुकुम पश्चिम र रोल्पाको केही भागका बिरामी र गर्भवती महिला समस्यामा परेका छन् ।