काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ। यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा हुने घोषणा भएको महाधिवेशन कोभिड–१९ महामारीको अवस्था दृष्टिगत गर्दै स्थगन गर्ने निर्णय गरिएको केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधानले जानकारी दिए।पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहितको आजको बैठकले महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्ने निर्णय गरेको छ।राप्रपाले बिरामीका लागि अस्पतालमा शैया अभाव, अक्सिज