राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको मिति तय गरेको छ । कोरोनाभाइरसका कारण देखाउँदै यसअघि महाधिवेशन स्थगित हुँदै आएकोमा शनिबार नयाँ मिति तय गरिएको हो । शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कात्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । त्यसका लागि वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गर्ने निर्णय भएको छ भने सक्रिय सदस्यता वितरण