देशभर चिसो बढ्ने क्रममा,  सतर्कता अपनाउन आग्रह

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।  देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। बिहीबार प्रदेश नं १ को  भू-भागमा आंशिक देखि सामान्य बदली,  बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार भने देश

सम्बन्धित सामग्री

तीन दिन चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह

आगामी तीन दिन देशभर चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल नगर्न विज्ञले सुझाव दिएका छन्। विज्ञले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।

देशभर चिसो बढ्दै : न्यानो हुन आगो तथा हिटर बाल्दा सावधानी अपनाउन आग्रह

काठमाण्डाै -  देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा  सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ । यसले गर्दा दिउँसाेको समयमा गर्मी हुने गरेको छ । तर, बिहान र बेलुका भने चिसो बढ्दै भएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ६ दशमलव...