देशभर चिसो बढ्दै : न्यानो हुन आगो तथा हिटर बाल्दा सावधानी अपनाउन आग्रह

काठमाण्डाै -  देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा  सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ । यसले गर्दा दिउँसाेको समयमा गर्मी हुने गरेको छ । तर, बिहान र बेलुका भने चिसो बढ्दै भएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ६ दशमलव...

सम्बन्धित सामग्री

कोइलाजन्य स्रोतबाट आगो नताप्न स्वास्थ्य मन्त्रालयको सुझाव - NepaliPatra

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने भएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो। आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग […]

आगलागीबाट जाेगिने उपायहरू - काेठामा आगाे लागेमा घाेप्टाे परेर वा घिस्रिएर भागाैँ

काठमाण्डाै – नेपाल प्रहरीले यो मौसममा आगलागीजन्य विपदका घटनाहरू हुने सम्भावना बढी रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौले आज मङ्गलवार सूचना निकालेर सावधानी अपनाउन अनुरोध गरेको हो । प्रहरीले निकालेको सूचनामा आगो उत्पन्न हुने सलाई, लाइटर, ग्यास सिलिन्डर र चुल्होको प्रयोग होरियारपूर्वक गर्न र बालबालिकाको पहुँचबाट टाढै राख्न अनुरोध गरिएको छ । यस्तै विद्युतीय सामग्रीको काम सकिएपछि बन्द गर्न, मल्टिप्लकहरू बन्द गर्न र एउटा पावर सकेटबाट धेरै विद्युतीय शक्ति चाहिने उपकरणहरू प्रयो...

‘वायु प्रदूषणकाे मुख्य कारण डढेलाे, अझै केही दिन रहन सक्ने ’

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ ।           वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ ।           विभागका उपमहानिर्देशक इन्दुबिक्रम जोशीले सकेसम्म सबै उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घर बाहिर नकिस्कन, निस्कनैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले फोहर बाल्ने र खुलारुपमा आगो बाल्ने कार्य नगरिदिन, विद्युतीय सावारी साधन बाहेकका अन्य सवारी साधन कम प्रयोग गर्न विभागले आग्रह गरेको छ ।