माधवकुमार नेपालसहित १४ सांसदमाथिको कारवाही र नेकपा एकीकृत समाजवादीको आधिकारिकता सम्बन्धी मुद्दा सोमवार सर्वोच्च अदालतमा पेशी चढेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट न्यायाधीशद्वय तेजबहादुर केसी र टुकबहादुर मोक्तानको इजलासमा पेशी चढेको हो ।
पेशीमा चढे पनि अन्तिमतिरको क्रममा परेकाले आजै सुनुवाइ हुने सम्भावना भने न्युन छ ।
पार्टीले कारवाही गरेका १४ सांसदको हस्ताक्षर समेत प्रयोग गरी नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी दर्ता गरेको भन्दै ओलीले निर्वाचन...