अफगानिस्तानमा एउटा परम्परा रहेको छ, जहाँ केटीहरुलाई केटाको कपडा लगाएर केटाकै जस्तो रुपमा तयार पारिन्छ । यो प्रथालाई बच्चा पोश प्रथा भनिन्छ, जसको शाब्दिक अर्थ केटाको रुपमा तयार पार्नु हो । तालिवान शासनमा यो प्रथा जोखिममा रहेको छ । सन् १९८० को दशकमा शोभियत संघ र अफगानिस्तानबीचको युद्धपछि पछिल्लोपटक तालिवानले अफगानिस्तानमा शासन गरेका थिए । […]