पेट्रोलियम पदार्थकाे मूल्यवृद्धिप्रति प्रचण्ड-नेपाल समूह निकट विद्यार्थीद्वारा विराेध प्रदर्शन

काठमाण्डाै - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै बिहान ९ बजेपछि प्रदर्शनी मार्गमा रहेको रत्नराज्य क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो ।  प्रदर्शनका कारण केहीबेर गाडीको आवागमन प्रभावित भएको थियो । अहिले भने अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । अनेरास्ववियुले दिउँसो १ बजे आयल निगमको कार्यालय बबरमहलमा पनि प्रदर्शन गर्ने जनाएको छ । निगमले हिजोदेखि लागू हुने गरी पेट्रोल, डिजे...

सम्बन्धित सामग्री

मूल्यवृद्धि विरुद्ध जनमत र सुशासन पार्टीका कार्यकर्ताद्वारा प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरेको  मूल्यवृद्धि विरुद्ध रौतहटको कटहरिया बजारमा प्रदर्शन भएको छ । मूल्यवृद्धि फिर्ताको माग सहित सिके राउत नेतृत्वको जनमत पार्टी र पूर्व डीआईजी रमेश खरेल नेतृत्वको सुशासन पार्टीका कार्यकर्ताहरूले कटहरियामा प्रदर्शन गरेका हुन् ।हात हातमा प्लेकार्ड बोकेका कार्यकर्ताले सरकार विरुद्ध चर्का नारा लगाएका थिए । प्रदर्शन कटहरिया ५ को कार्यालय अगाडिबाट सुरुमै बजार परिक्रमा गर्दै नगरपालिकाको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा ग

जकपुरधाममा पेट्रोलिय पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

जनकपुरधाम – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासँको मूल्य बढाएको विरोधमा जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन्। बुधबार जनकपुरधाम स्थित जानकी मन्दिरको छेउमा सडकमा मोटरसाइकल र ग्यासको सिलिण्डर राखेर विरोध प्रदर्शन गरेका हुन्। स्थानीय युवा शुशिल कर्णको नेतृत्वमा युवाहरुले पाँच दलीय गठबन्धनको सरकारले जनतालाई राहत दिनुको साटो आहत दिएको भन्दै विरोध प्रदर्शन गरेका […]

पेट्रोलियम पदार्थ मूल्यवृद्धि खारेजको माग गर्दै विरोध प्रदर्शन

खोटाङ ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजको माग गर्दै खोटाङमा एमाले निकट अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम गरेको छ । सरकारले छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम मंगलबार विरोध कार्यक्रम गरेको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्वबियु र युवा संघले दिक्तेलको […]

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा प्रदर्शन, तस्बिरहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा अनेरास्ववियु र युवा संघ नेपालले मंगलबार विरोध प्रदर्शन गरेको छ । राजधानीमा आयोजित प्रदर्शनमा उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्लेकार्डसहित विरोधमा उत्रिएका उनीहरूको प्रहरीसँग केही बेर घम्साघम्सीसमेत परेको थियो ।

पट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । एमालेनिकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले उपत्यकालगायत विभिन्न ठाउँमा राँके जुलुससहित प्रदर्शन गरेका हुन् ।  अनेरास्ववियुले बुधबार प्रदर्शनीमार्गमा...

मूल्यवृद्धिको विरोधमा उत्रियो नेविसंघ, गर्‍यो हस्ताक्षर संकलन

काठमाडौं : पेट्रोलियम पदार्थ तथा खाद्यान्नको मूल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राजधानीमा प्रदर्शन गरेको छ। नेविसंघले मूल्यवृद्धिको विरोध गर्दै हस्ताक्षर संकलन समेत गरेको छ। शुक्रवार नेपाल प्राविधिक विद्यार्थी परिषद्, नेविसंघ अस्कल, एनसीसी र कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले विरोध तथा हस्ताक्षर संकलन गरेका हुन्। विद्यार्थीहरुले बानेश्वर चोक, कोटेश्वर चोक तथा माइतीघरलगायतका…

विप्लवका कार्यकर्ताले भद्रकालीमा टायर बालेर प्रदर्शन गरे (फोटोफिचर)

काठमाडौं, ३० कार्तिक । नेपाल बन्द सफल बनाउन आक्रामक रुपमा प्रस्तुत भएका नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ताहरुले आज काठमाडौंको भद्रकालीमा टायर बालेर प्रदर्शन गरेका छन् । टायर बाल्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै विप्लवको पार्टीले आज नेपाल बन्दको आयोजना गरेको छ । तर, देशव्यापी रुपमा […]

माइतीघरमा प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १२ जना पक्राउ (फोटो)

काठमाडौं : पेट्रोलियम पदार्थ र चुरेको ढुङ्गा माटो उत्खनन् गर्न सरकार लागि परेको भन्दै माइतीघर मण्डलामा अखिल (क्रान्तिकारी ) प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरि कृष्ण गजुरेल , आकाश महर्जन , मीन प्रसाद गिरीलगायत रहेका छन्।प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने तथा चुरे दोहन गर्न लागि परेको सरकारले तत्काल रोक्न आह्‍वान न गरेका छन्। केही तस्वीर झलक :