तीन दिन अगाडि अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी महिला र नवजात शिशुको मृत्यु भएको छ । शल्यक्रिया गरेको एक दिनमा नवजात शिशु तथा अस्पतालमै उपचाररत आमाको तीन दिनपछि मृत्यु भएको हो । स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको प्रसूति गृहकी इन्चार्ज वरिष्ठ अनमी सरिता बोहराले नवजात शिशु र आमाको दुई दिनको अन्तरमा मृत्यु भएको जानकारी दिनुभयो ।